काठमाण्डौं । हिजो भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणम आउन थालेको छ भने केही ठाउँमा अहिले विहान सर्वदलीय बैठकपछि गणना थालिने भनिएको छ। अहिलेसम्म ललितपुर महानगरको मतगणना थालिएको जानकारी आएको छ। काठमाण्डौं, चितवन, पोखराको मतगणना हुन बाँकी छ। त्यहाँ सर्वदलीय बैठकपछि मतगणना थालिने बताइएको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको मेयरमा एमालेका लक्ष्मीसिंह बादेले १३७ मतसहित अग्रता कायम गरेका छन् ।
पछिल्लो पटक प्राप्त अनौपचारिक जानकारी अनुसार कांग्रेसबाट मेयरका उम्मेदवार राम जोशीले १०९ मत पाएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार भोला अर्यालले २१ पाएका छन् ।
धादिङ, थाक्रे गाउँपालिकाको प्रमुखमा जीन्दगी थापाले ४८५ मत पाएका छन् । एमालेका रामकुमार आचार्य ४५५ मत पाएका छन् ।
जाजरकोटको शिवालय गाउँपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)का मानवहादुर पुनको प्यानल विजय भएको छ ।
अध्यक्ष मानवहादुर पुन २६९ मतसहित अगाडि छन् । महिला सदस्यामा रामसरी राना २४७, भद्री दमाई २६०, कृष्णा राना २६१, चन्द्रवहादुर पुनले २७० मत पाएका छन् ।
नुवाकोट, तारकेश्वर गाउँपालिकाको प्रमुखमा एमालेका रमेश वस्ती ३९, कांग्रेसका चोकराज शाक्य २९ मत पाएका छन् ।
नुवाकोटकै तादी गाउँपालिकाको प्रमुखमा कांग्रेसका नारायणप्रसाद पाण्डेले ३४८, एमालेका कृष्णप्रसाद लामिछाने २८७ र माओवादीका मानसिंह तामाङले १५४ मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसकी इश्वरी उप्रेतीले ३५६, एमालेकी इश्वरी तामाङले २९७ र माओवादी केन्द्रकी गमला श्रेष्ठले १२६ मत पाएकी छन् ।
नुवाकोटको बिदूर नगरपालिकाको मेयरमा कांग्रेसका ध्रुब अधिकारीले १०७, एमालेका सञ्जु पण्डितले १५० मत पाएका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको मेयरमा माओवादीका कृष्णप्रसाद गिरीले १०८, कांग्रेसका भूपेन्द्र बहादुर चन्द्रले ५७ तथा एमालेका यज्ञ ढकालले ४९ मत पाएका छन् ।
बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपालीले २०३, कांग्रेसका अर्जुन शेरचनले १७६ मत पाएका छन् ।
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन ३६७, एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ र माओवादीका दीपेश महर्जनले ११२ मत पाएका छने ।
धादिङको नेत्रावती गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका ठाकुर गुरुङले ४८२, एमालेका दुर्गाकुमार शाक्य नारायणले २७७ र कांग्रेसका टेकजंग लामाले १६५ मत पाएका छन् ।
उपमेयरमा माओवादी केन्द्रकी उर्मिला तामाङले ५३२, एमालेकी मीना तामाङले २८७ र कांग्रेसकी आशामाया तामाङले १९७ मत पाएकी छिन् ।