संखुवासभा वडा अध्यक्षका प्रस्तावित उमेद्वार राईको मृत्यु

संखुवासभा । नेकपा एमालेको तर्फबाट सभापोखरी गाउँपालिका वडा नम्बर ४ का प्रस्तावित वडा अध्यक्षको मृत्यु भएको छ । सभापोखरी घर भई बाह्रविसे बजारमा बस्दै आएका ३२ बर्षीय रामकुमार राईको राती सुतेकै अवस्थामा मृत्यु भएको हो ।
राईलाई एमालेको तर्फबाट सभापोखरी गाउँपालिकाको ४ नम्बर वडाबाट उमेद्वार उठाउने तयारी गरिएको थियो ।
राई कुनै दिर्घ रोगी नभएपनि सामान्य पखाला लागेको र सो को औषधी सेवन गरि स्वास्थ्य अवस्था सुधार भएको स्थानीयले बताएका छन् । मृत्तक राई युवा संघ संखुवासभाका सदस्य तथा तथा नेकपा एमाले सभापोखरी गाउँपालिकाका ईञ्चार्ज समेत थिए । मृत्तक राईको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको बाह्रविसे प्रहरीले जनाएको छ।