काठमाडौं । सेनाको जहाज दुर्घटनामा मृत्यु भएका पाइलट क्याप्टेन कैलाश गुरुङको साहित्यमा समेत औधी रुचि थियो ।अध्ययनमा तेज र मेधावी गुरुङले नेपाली संस्कृति, चाडपर्व, नेपाली सेना र जनतामा केन्द्रित भई दर्जनौं गीत लेख्नुभएको छ ।कैलाशको नेपाली सेनामै सेनानी तहमा कार्यरत पत्नी र दुई छोरी छन् । कैलाशले नेपाली सेनाको बहादुरी र गाथा समेटिएको गीत लेखेका छन् ।
गुरुङ्गले नेपाली सेनाका विभिन्न गणका गीत लेख्नुभएको छ । गुरुङका बालसखा कवि एवं प्राज्ञ श्रवण मुकारुङले कैलाश बहुप्रतिभाका धनी, लगनशील र अध्ययनमा अब्बल रहेको बताउनुभयो । हामी असाध्यै मिल्ने साथी थियौं । स्थानीय याङटाङ खोलामा पौडी खेल्न जान्थ्यौुं, कवि मुकारुङले स्कुले जीवन सम्झँदै भने, पढाइमा कैलाश र मेरो सेकेन्ड÷थर्डमा प्रतिस्पर्धा हुन्थ्यो । कैलाश सेकेन्ड हुँदा म थर्ड । ऊ थर्ड हुँदा म सेकेन्ड । तर हामी कहिल्यै फस्ट हुन सकेनौं।
भोजपुरको छिनामखुस्थित अन्नपूर्ण माविबाट ०४२ सालमा एसएसली उत्तीर्ण गरेपछि कैलाश उच्च शिक्षाका लागि काठमाडौं आएको हो ।झन्डै ६ वर्षअघि कैलाशले राष्ट्र र माटोबारे गीतिसंग्रह निकाले । एकै जिल्लाका भए पनि भोजपुर याकुका प्राज्ञ एवं साहित्यकार शशि लुबुम्बू र कैलाशबीच चिनजान भने थिएन । १० वर्षअघि लुबुम्बू र कैलाशबीच चिनजान भयो ।
यी दुईलाई साहित्यले नै नजिक्याएको थियो । झन्डै ६ वर्षअघि गुरुङले देश र माटोकेन्द्रित गीतिसंग्रह निकाल्नुभयो । उक्त गीतिसंग्रहको भूमिका लेख्ने जिम्मासमेत मैले पाएँ, साहित्यकार लुबुम्बूले भन्नुभयो । लुबुम्बू सम्झनुछन्, उनमा देशप्रेम असाध्यै गहिरो थियो । माटोलाई औधी माया गर्थे । माटोकै बारेमा लेख्न रुचाउँथे।
कवि एवं प्राज्ञ मुकारुङले भन्नुभयो, हामीले एउटा असल साथी गुमायौँ। देशले एक होनहार सिपाही गुमाएको छ ।कैलाशले ०६६ मा रक्षक नामक गीतिसंग्रह निकाल्नुभएको थियो । उक्त गीतिसंग्रहको कैलाशले अंग्रेजीमा अनुवाद गरेको छ । सेनाको कडा जागिरे जीवनबाट फुर्सद मिल्नासाथ भोजपुर पुग्थे।
भोजपुरका विभिन्न व्यक्ति पटकपटक मन्त्री र सरकारी उच्च ओहोदामा पुगे पनि सडक नहुँदा गाडी पुगेको थिएन । रुक्मांगद कटवाल प्रधानसेनापति भएका बेला कैलाशले पहिलो पटक हेलिकोप्टरमा झुन्ड्याएर भोजपुर सदरमुकाममा गाडी पुर्याएको थियो ।
भोजपुरका नेता अजम्बर राई काङमाङले कैलाशलाई सम्झँदै भने, उनले भोजपुरलाई ठूलो गुन लगाएर गए । हामी सबैको आग्रह स्विकार्दै कैलाशले हेलिकोप्टरमा झुन्ड्याएर गाडी भोजपुर बजारस्थित टुँडिखेलमा झारे । कैलाशको ऋण तिर्न हामी सक्दैनौं होला । अन्नपूर्ण