भोजपुर । स्थानीय जनसरकार भन्दै वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषदको बोर्ड राख्ने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट जीवन राई र मानबहादुर राईलाई पक्राउ गरेको हो । जीवन पार्टी सगरमाथा ब्युरो सदस्य हुन् भने मानबहादुर राई गाउँपार्टी सदस्य रहेको नेकपाले जनाएको छ ।
पक्राउपछि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा झिकाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनिहरुले पौवा दुम्मा गाउँपालिका ४ को वडा कार्यलयमा संयुक्त क्रान्तिकारी जनपरिषदको नाममा बोर्ड लेखेपछि प्रक्राउ गरिएको प्रहरी प्रमुख काजीकुमार जानकारी दिनुभयो ।
उनीहरुमाथि अनुसन्धान भैरहेको आचार्यको भनाई छ । नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति निकालेर विना कारण आफ्नो कार्यकर्ता प्रक्राउ गरिएको भन्दै विरोध गरेको छ । जिल्ला सेक्रेटरी मादेनद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौवादुम्मा क्षेत्रमा चुनावि कार्यक्रम गर्न नदिने जनाएको छ ।