भोजपुरको स्थानीय तह निर्वाचनमा टेम्के मैयुङ गाउँपालिका सर्वाधिक चासो

भोजपुर । स्थानीय तह दोस्रो चरण निर्वाचनको समयसीमा नजिकिदै जादाँ भोजपुरमा चुनावी चहलपहल तीव्र रुपमा बढेको छ । आफनो पक्षमा जनमत जुटाउन दलहरु घरदैलो कार्यक्रम गरिरहेको छ । दुई नगरपालिका र ७ गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेको भाजपुरमा कांगे्रेस एमाले र माओवादी केन्द्रवीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ । दलहरु चुनावी परिणामलाई आफनो पक्षमा पार्नका लागि गठबन्धन बनाएर तालमेल गर्ने तयारीमा समेत जुटेको छ ।
अधिकांश तहमा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजबादी फोरमवीच चुनावी तालमेल हुने भएको छ । एमालेले भने आधिकांश स्थानमा आफै गठबन्धन दलहरुसंग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । तीन पार्टीको चुनावी तालमेलमध्ये टेम्के मैयूङ गाउँपालिका यसपटक सर्वाधिक चासोको बिषय बनेको छ । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धन र एमालेवीचको प्रतिस्पर्धा हुने भएपछि चुनावी महौललाई बिष्लेषण गर्न थालिएको छ ।
टेम्के मैयुङ गाउँपालिकामा एमालेले युवा नेता धु्रवराज राई र तीनवटा पार्टी कांग्रेस, माओवादी र फोरमको संयुक्त गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामसिं राईलाई उम्मेदवारी तय गरेको छ । उम्मेदवारी तयसंगै गठबन्धन र एमालेवीच तीव्र प्रतिस्पर्धा हुने भएपछि जिल्लामा सर्वाधिक चासोको बिषय बनेको छ । गठनबन्धनका उम्मेदवार रामसिं राई पुराना चर्चित राजनीतिज्ञ हुने भने एमालेका धु्रवराज राई युवा जुझारु चर्चित युवा नेताको रुपमा परिचित छन । दुई राजनीतिक हस्तीको रुपमा कडा टक्कर हुने भएपछि सबैमा चासोको बिषय बनेको छ ।
जिल्लामा सबैभन्दा नेता उत्पादन हुने थलो पश्चिमी क्षेत्रमा रहेको टेम्के मैयुङ गाउँपालिकामा यसपटकको निर्वाचनलाई सबैले प्रतिष्ठाको बिषय बनाएको छ । यसगाउँपालिकाबाट नेकपा एमालेका केन्द्रीय सदस्य जयन्ती राई, हरिबहादुर राई जिल्ला पार्टी सचिव शरणकुमार राई छन । नेपाली कांग्रेसका सभापति नन्दमणी राई नेता धर्मराज, हेमन्त मुकारुङ र शक्तिराज राई रहेका छन । संघीय समाजवादी फोरमका केन्द्रीय प्रभावशाली नेता हेमराज राई अजम्बर राई काङमाङ पनि यसै गाउँपालिका नेता हुन । जिल्लाको समग्र राजनीति पनि यसै क्षेत्रका नेताले नेतृत्व गर्ने भएको हुदाँ सबैले यसलाई प्रतिष्ठाको रुपमा लिएको छ ।
यस गाउँपािलकामा एमाले सबैभन्दा बलियो पार्टीको रुपमा मानिन्छ । एमालेको बलियो संगठनका कारण अन्य पार्टी गठबन्धन गरेको धेरैको बुझाई छ । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले एक्लै सिंगल रुपमा एमालेसंग प्रतिस्पर्धा गर्न हम्मे पर्ने भएपछि तीवटा दलहरुले एमालेसंग भिडनका लागि गठबन्धन गरिएको धेरैको बुझाई छ ।
दुई नेताको मिल्दोजुल्दो र फरकपना
दुई नेता वीच धेरै कुरा मिल्दैन तर केही कुरा मिल्छ । रामसिं राई र धु्रवराज राईको उमेर र इतिहास फरक छ । तर मिल्दोजुल्दो उनीहरुको कुरा एउटै गाउँका हुन भने दुवै राजनीतिक रुपमा इमान्दार व्यक्ति हुन । लामो समय एमालेको राजनीति गरेका रामसिं राई दोस्रो संविधानसभाको निर्वाचन ताका एकल पहिचानलाई एमालेले स्वीकार नगरेको भन्दै पार्टी परित्याग गरेका थिए । धु्रवराज राई लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भोजपुर बहुमुखी क्याम्पसका दुईपटक स्ववियू सभापति बनेका हुन । दुवै जना इमान्दार राजनीतिज्ञको रुपमा सबैले चिन्छन । उनीहरु ढाटन नजान्ने, स्पष्ट बोल्ने, चित्त नबुझको कुरामा तत्काल प्रतिक्रिया दिइहाल्ने हक्की स्वाभावका छन । आर्थिक रुपमा लोभलालच नभएका उनीहरु आर्थिक रुपमा नफसेका व्यक्तिभित्र पर्छन । रामसिं राई राजनीतिक कारणले लामो समयसम्म जेलजीवन भोगेका व्यक्ति हुन । जीवनको अधिकांश समय संघर्षमा विताएका रामसिं राई सार्वजानिक रुपमा पदीय धारण गरेका व्यक्ति भित्र पर्दैनन् । उनीसंग लामो समय बाम राजनीतिको अनुभव छ । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि राजनीतिमा कम सक्रियता रहदै आएका थिए ।
धु्रवराज राई हक्की स्वभावको नेताभित्र पर्छन । कसैलाई समस्या परिहाल्यो भने सहयोग गर्न अग्रसर हुने, जुनसुकै परिस्थितीमा पनि निडरका साथ कुरा राख्ने र सहयोग गर्ने कारण उनलाई धेरैले मन पराउछन । शाहीकालीन अवस्थामा धेरै मानिसहरु राजतन्त्रको बिषयमा बोल्ने समेत आँट नगर्दा उनैले भोजपुरमा राजतन्त्रविरुद्ध आन्दोलन चर्काएका थिए । आँटिलो स्वाभावका राई ०६२÷०६३ सालको आन्दोलनको अग्र मोर्चामा काम गरेका थिए । शाहीकालीन अवस्थामा राजा आउँदा स्वागत गर्नलाई राखिएका गेट भत्काएका थिए । तीनै आँटिलो युवा यत्तिबेला उम्मेदवार छन । सायद धु्रवराज राई नभएको शाहीकालीन विरुद्धको आन्दोलन सडक आउन सक्ने अवस्था थिएन । शाही कु को विरुद्ध राजनीतिक दलहरुले आन्दोलन गर्न नसकिरहेको बेला विद्यार्थी हुदाँ धु्रवराज राईले आन्दोलनको नेतृत्व गरेका थिए । उनैले शुरुको गरेका आन्दोलनमा राजनीतिक दलहरुले पनि पछि साथ दिएका थिए । ध्रुवराज राई चाडो निर्णय गर्न सक्ने, र कुनै पनि काम गर्दा चाडै कार्यान्वय गर्ने नेता भित्र पर्छन । उनलाई युवा बृद्धा लगायत सबै उमेर समुह भएकाहरुले मन पराउँछन ।
कसको के छन जित्ने आधारहरु
आफ्नो बलियो संगठन रहेको कारण आफ्ना उम्मेदवार धु्रबराज राईले जित्ने आकलन एमालेले गरेको छ । दोस्रो संविधानसभाको ताका एमालेलाई आएको मत र त्यसपछि झनै सुध्रिएको संगठनका कारणले पनि जित्ने आधार बनेको धेरैको बिषलेषण छ । एक त धु्रवराज राई जिल्लामा सबै इमान्दार परिचित युवा नेता हुन । उनलाई धेरैले सकारात्मक सहयोगी भएको नेताको रुपमा चिन्छन । व्यक्तिगत रुपमा सबैसंग सम्बन्ध राख्न सक्ने नेता भित्र पर्छ । त्यसकारणले पनि धु्रवराज राई लोकप्रिय उम्मेदवार भित्र नै पर्छ ।
रामसिं पुराना निरन्तर राजनीतिमा लागेका तर कुनै लाभ नलिएका नेता भित्र पर्छ । विचार र सिद्धान्तको ज्ञान भएका राई इमान्दार नेताभित्र पर्छ । उनलाई तीनवटा पार्टीको साथ छ । तीनवटा पार्टीका मतदाताहरुले इमान्दार भएर मत दियो भने उनलाई जित्न सक्ने आकलन गरिएको छ । रामसिं राई कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमवीचको चुनावी तालमेलको उम्मेदवार हुन । पुराना अनुभवी इमान्दार राजनीतिज्ञ भएका कारण पनि तीन पार्टीले राईलाई उम्मेदवार बनाएका छन ।
दुई नेता ध्रवराज राई र रामसिं राईको उम्मेदवारी पर्ने भएपछि कसले बाजी मार्ने हो जिल्लामा सर्वाधिक चासोको बिषय बनेको छ । धु्रवराज राई चुनाव जित्न कुरामा ढुक्क छन भने रामसिं राईको जित्ने केही आधार तयार भएको छ । टेम्के मैयुङ गाउँपालिकामा तीनवटा पार्टी कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको चुनावी तालमेल छ । चुनावी तालमेल भएकाले गठबन्धनलाई चुनाव जित्ने नैतिक दबाब छ । यदी चुनाव जित्ने सकेनन भने तालमेल गर्ने दलहरुमा नैतिक रुपमा संकट उत्पन्न हुनुको साथै उनीहरुको संगठन ध्वस्त हुन पनि सक्छ ।

एमालेले अहिले एक्लै सिंगल रुपमा तीनवटा दलहरुसंग लडने भएकाले उनले एक तह राजनीतिक प्रतिष्ठा स्वत जित्ने छ । निर्वाचनमा एमालेले जित्न सके भने झन बलियो बन्ने छ र अन्य दलहरुप्रति अविश्वास घटने छ । आजसम्म चुवानी तालमेल सफल नभएको कारणले पनि धु्रवराज राईले जित्ने आकालन धेरैले गरेको छ । चुनावी तालमेललाई कार्यान्वनका लागि मतदातालाई कन्भिन्स गर्न पनि निकै कठिन छ । यो अवस्थामा कसले बाजी मार्न सक्ने हो भविष्यले देखाउनेछ । सिलिचुङ्ग