भोजपुरको अरुण गाउँपालिकामा युवा र पाकाको भिडन्त

भोजपुर । स्थानीय तह निर्वाचन क्रममा जिल्लाको पुर्वी अरुण गाउँपालिकामा यसपटक रोचक भिडन्त हुदैछ । दुईपक्षीय कांग्रेस र एमालेवीच हुने भिडन्त त्यसमध्ये पनि बाबु र छोरा उमेर समुहका उम्मेदवारवीचको भिडन्तले निकै रोचक बनेको छ ।
नेकपा एमालेका उम्मेदवार नारायण घिमिरे र नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र कार्कीवीचको भिडन्तले भोजपुरमा निकै चर्चा पाएको छ । नेकपा एमालेका नारायण घिमिरे नेपाली कांग्रेसका गजेन्द्र कार्कीको छोरा उमेर समुहका हुन । ६० को हाराहारीमा गजेन्द्र कार्की छन भने नारायण घिमिरे २६ बर्षका हुन । बाबु छोरा उमेर समुहको भिडन्त यत्तिबेला अरुण गाउँपालिका गर्माएको छ । यो निर्वाचनमा बाबु उमेर समुह की छोरा उमेर समुहलाई मतदान भन्ने कुराले निकै चर्चा पाएको छ ।
गजेन्द्र कार्की नेपाली कांग्रसका पुराना नेता हुन भने नारायण घिमिरे युवा जोश र भिजन भएका बौद्धिक युवा नेता हुन । यी दुवैको टकरावले अरुण गाउँपालिका निकै चर्चामा छ । नेपाली कांग्रेसमा लामो समय निरन्तर लागेर राजनीति गरेका गजेन्द्रलाई इमान्दार राजनीतिज्ञको रुपमा सबैले लिने गर्छन । नारायण घिमिरेलाई युवा भिजन भएको बौद्धिक युवाको रुपमा सबैले लिने गर्छन । दुई उम्मेदवारको भिडन्तमा कसले बाजी मार्ने हो भने स्थानीय चर्चामा रहेको छ । बाबु र छोरा उमेर समुह कुनलाई मत दिने हो भनेर अरुण गाउँपालिकाका मतदाताहरु पनि छलफल व्यस्त छन ।
उनीहरु यत्तिबेला आ–आफ्नो एजेण्डा लिएर घरदैलो गरिरहेको छ । नेपाली कांग्रेस पुरानो पार्टी भएका कारणले चुनाव जित्ने कुरामा ढुक्क छन भने नेकपा एमाले आफ्नो बलियो संगठन र जनतालाई दिलाउन सकेको विश्वासका कारण निर्वाचन जित्ने कुरामा ढुक्क छन । हाल आएर एमाले घरदैलो, टोल, वडा लगायतका सम्पूर्ण एकचरण निर्वाचन प्रचारप्रसारको काम गरिसकेको छ भने कांग्रेसले अझै गरेको छैन ।
शुरुमा नेपाली कांग्रेसको राम्रो आधारक्षेत्र मानिएको अरुण गाउँपलिकामा एमालेबाट नारायण घिमिेरेको उम्मेदवारीले कांग्रेसलाई निकै सकस परेको छ । यत्तिबेला एमालेका उम्मेदवार नारायण घिमिरेको लोकप्रियताले कांग्रेसका गजेन्द्र कार्कीलाई निकै अप्ठ्यारो परिस्थितिमा पारेको जानकारहरु बताउँछन । शुरुमा जित हुने कुरामा ढुक्क भएका नेपाली कांग्रेसका उम्मेदवार एमालेको नारायण घिमिरेले दिएको टकराव गाह्रो हुने स्थानीयको बुझाई छ । नेपाली कांग्रेसले जित्न सक्ने आकांलन गरिएको परिस्थितिमा नारायण घिमिरेको आवगमनले टकराव बढेपछि यत्तिबेला चुनावी महौल गर्माएको छ । चुनावी माहौल गर्माएसंगै नारायण घिमिरेको चर्चा परिचर्चा निकै बढेको छ । युवा र राम्रो भिजन र काम गर्न सक्ने घिमिरेको यत्तिबेला सबैतिर चर्चा परिचर्चा छ ।
को हुन नारायण घिमिरे ?
अरुण गाउँपालिका अन्र्तगत चरम्बी स्थायी घर भएका नारायण घिमिरे विद्यार्थी राजनीति गरेका अनुभव छ । २०५५ सालदेखि नै कलिलो उमेरमा चरम्बी ¥याङस्थित स्थानीय जाल्पा निम्न माध्यमिक विद्यालयमा कक्षा ६ मा पढदै गर्दा अनेरास्ववियूको राजनीतिमा होमिएका थिए । उक्त समयमा उनी जाल्पादेवी निम्न माध्यमिक विद्यालय अनेरास्ववियू प्रराम्भिक कमिटीका अध्यक्ष बनेका थिए । २०५८ सालमा आएर अध्ययनको क्रममा चरम्बी कै अरुणोदय माध्यमिक विद्यालयको कमिटिमा अध्यक्ष भएका थिए । उक्त सयमा युवा नेता धु्रवराज राईले कमिटिमा आवद्ध गराएका थिए । जो अहिले सर्वाधिक चर्चा र चासो बिषय बनेको टेम्के मैयुङ गाउँपालिकामा अध्यक्षको उम्मेदवार छन ।
२०६० सालमा एसएलसी सकेपछि संखुवासभाको मादी बहुमुखी क्याम्पसमा उनी पढन गएका थिए । सो समयमा मादी बहुमुखी क्याम्पसको इकाई समितिका अध्यक्ष बन्नुको साथै स्ववियूमा सहसचिव समेत निर्वाचित भएका थिए । २०६३ सालमा उच्च शिक्षा हासिल गर्न धनकुटा बहुमुखी क्याम्पस गएका उनी क्याम्पस इकाईको सचिव र प्रचार विभाग प्रमुख बनेका थिए । त्यसपछि २०६५ देखि २०६८ सालसम्म तीन कार्यकाल अनेरास्ववियू जिल्ला कमिटि धनकुटाका अध्यक्ष बनेका थिए । हाल आएर उनी २०७१ सालदेखि अनेरास्ववियूको केन्द्रीय सदस्य, अञ्चल कमिटिका सहसचिव र जिल्ला कमिटि भोजपुरका सदस्य समेत छन । लामो समय विद्यार्थी राजनीतिमा होमिएका नारायण घिमिरेसंग विद्यार्थी राजनीतिको अनुभव छ ।
यसपटको निर्वाचनमा आफू जित्ने कुरामा ढुक्क छन । २०५४ सालमा यस गाउँपालिका अन्तर्गतका गाविसहरुमा एमालले जितेको कारण जनताको अझै विश्वास रहेको, घरदैलोमा जनताहरुको एमालेप्रतिको विश्वास झन बढेको कारण पनि जित्ने आधार रहेको घिमिरेको विश्वास छ । यत्तिबेलाको निर्वाचनले आफनो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता लगायतका कुराहरु अझै पनि जनतामा भरसिलो छन भने युवा विद्यार्थीहरुलाई प्रमाणपत्रको आधारमा ऋण उपलब्ध र राजगारी सिर्जना जस्ता कुराहरुले निकै प्राथमिक पाएको छ । जसकारण एमालेको जित्ने आधार बलियो रहेको धेरैको बुझाई छ । सिलिचुङ