भोजपुरका ५६ मतदान केन्द्र संवेदनशिल

भोजपुर । जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका ५६ वटा मतदान केन्द्रलाई संवेदनशिल घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिले यी केन्द्रहरुलाई संवेदनशील घोषण गरिएको हो ।
शान्ति सुरक्षामा चुनौती हुने भन्दै समितिले केन्द्रको नाम भने उल्लेख गरेको छैन । अन्य ८५ वटा केन्द्र भने सामान्य रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
संवेदनशिल रहेका केन्द्रमा सामान्य भन्दा वढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
सामान्य रहेका मतदान केन्द्र भित्र ४ जना प्रहरी, ५ जना म्यादी प्रहरी रहने छन् भने वाहिरी घेरा नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको मोवाइल टोली रहने जनाइएको छ ।
सुरक्षा अवस्थामा खलल पुग्ने कुनै क्रियाकलाप भएमा तत्काल नेपाली सेनाको २ वटा हेलिकप्टरले पनि सुरक्षा दिने समितिले जनाएको छ ।
असार १४ गते हुने स्थाीिय तह निर्वाचनको सुरक्षाको तवरले सम्पुर्ण तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख काजीकुमार आचार्यले जानकारी दिए ।