संखुवासभामा स्थानीय तहको चुनावमा को-को भए उम्मेदवार (सुची सहित)

संखुवासभा । असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि संखुवासभामा उम्मेद्वारको टुंगो लागेको छ । उम्मेद्वारको टुङ्गो लागेसँगै दलहरु चुनावी प्रचारमा जुटेका छन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न सकस परेको थियो । पार्टीभित्र आन्तरिक विवाद, किचलो र भागबन्डा भए पनि प्रायः सहमति भइसकेको नेताहरुले बताएका छन् ।
बिवादका बिच कांग्रेसको उम्मेद्वार छनौट
खाँदबारी नगरपालिका

मेयरः महेश थपलिया

उपमेयरः निर्मला बस्नेत

पाँचखपन नगरपालिका

मेयरः विपीन राई

उपमेयरः सीता श्रेष्ठ

चैनपुर नगरपालिकाका

मेयरः शंकरमान कँडेल

उपमेयरः अञ्जना लिथेप

मादी नगरपालिका

मेयरः रामकुमार जिमी

उपमेयरः कल्पना खत्री

धर्मदेवी नगरपालिका

मेयरः रमेशकुमार जिमी

उपमेयरः शोभा घिमिरे

सिलीचुङ गाउँपालिका

प्रमुखः रामबहादुर राई

सभापोखरी गाउँपालिका

प्रमुखः भीम सिङ्खा

उपप्रमुख राधा कार्कीको नाम टुङ्गो लागेको छ । कांग्रेसले संखुवासभाका सबै वडामा अध्यक्षसहित सदस्यहरू छनोट गरिसकेको छ ।
यी हुन् एमालेका उम्मेदवार
खाँदबारी नगरपालिका

मेयरः मुरारी खतिवडा

चैनपुर नगरपालिका

मेयरः भरत खत्री,

पाँचखपन नगरपालिका

मेयरः मानसिङ पोख्रेल

मादी नगरपालिका

मेयरः विदुर सुब्बा

धर्मदेवी नगरपालिका

मेयरः भीम लिंखा

चिचिला गाउँपालिका

प्रमुखः सन्तोष गुरुङ

उपप्रमुखः विष्णुमाया राई

मकालु गाउँपालिका

प्रमुखः खड्ग कटवाल

सभापोखरी गाउँपालिका

प्रमुखमाः रत्न सुब्बा

सिलीचुङ गाउँपालिका

प्रमुखः दुर्गाकीरण राई

भोटखोलामा भने बिवादका कारण अझै एमालले टुङ्गो लगाउन सकेको छैन ।
माओवादी केन्द्रले पनि टुंग्यायो उम्मेदवार
खाँदबारी नगरपालिका

मेयरः वीरबहादुर लिम्बू

उपप्रमुखः सुशीला घिमिरे

चैनपुर नगरपालिका

मेयरः सुमन डाँगी

 उपमेयरः सविना लिम्बू

पाँचखपन नगरपालिका

मेयरः लोकमान बोगटी

मादी नगरपालिका

मेयरः दावा शेर्पा र

उपमेयरः योगमाया कार्की

धर्मदेवी नगरपालिका

मेयरः उमा विष्ट कार्की र

उपमेयरः छिरिङ शेर्पा

मकालु गाउँपालिका

प्रमुखः भरतकुमार राई र

उपप्रमुखः कर्मु गुरुङ

सिलीचुङ गाउँपालिका

प्रमुखः योगेन्द्र राई

उपप्रमुखः देवीमाया राई

राप्रपा पनि के कम ?
खाँदबारी नगरपालिका

मेयरः भीम कार्की

पाँचखपन नगरपालिका

उपमेयरः बिन्दा मोक्तान

प्रमुखमा अन्य पार्टीसँग समन्वय गरेर अघि बढ्ने योजनामा रहेको जिल्ला उपाध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार मकालु गाउँपालिकामा तेजेन्द्र पराजुली, भोटखोला गाउँपालिकामा गोवा भोटे, मादी नगरपालिकामा चिन्तामणि दाहाललाई प्रमुखमा उठाउने भएको छ ।