भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका–५, याकु माङसुवामा एक युवक विगत १६ दिनदेखि वेपत्ता भएका छन् ।
स्थानिय माङसुवा निवासी भिमबहादुर भुजेलका १९ बर्षिय छोरा राजकुमार भुजेल गत जेष्ठ ६ गतेबाट दक्षिणी पौवादुम्मा गाउँपालिका ४, बास्तिमको वितलबबाट घर जान्छु भनेर हिँडेका थिए ।
दुई दिनसम्म छोरो हिँडेको दिनपछि कुनै अत्तोपत्तो नपाएपछि बावु भिमकुमारले अत्तालिँदै ईलाका प्रहरी कार्यालय, याकुमा जानकारी गराउनुभएको थियो । राजकुमार हराएको रिपोर्ट पाएपछि प्रहरीले खोजतलासीलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।