भोजपुर । जिल्लाको पुर्वमा रहेको पौवादुङमा गाउँपािलका तुलनात्मक रुपमा अन्य गाउँपालिका भन्दा आर्थिक, सामाजिक, शैक्षिक लगायत हरेक हिसावमा पछाडी रहेको छ । यस गाउँपालिकाको अधिकांश भु–भाग सुख्खा खडेरीग्रस्त क्षेत्र त्यसमध्ये पनि भौतिक पूर्वाधार विकासको अभाव छ । स्वच्छ पिउने पानीको अभावसंगै सिचाई अभावले यस गाउँपालिका क्षेत्रमा जिल्लाको अरु स्थानीय तहभन्दा चरम गरिवी छ । तुलनात्मक अन्य स्थानीय तहमा भन्दा स्रोत साधनको समेत अभाव देखिन्छ । कम उत्पादन र भएको उत्पादनले समेत यस गाउँपालिका क्षेत्रमा धान्न सक्ने अवस्था छैन । पौवादुङमा गाउँपालिकालाई तत्कालीन रुपमा विकास गर्ने खालको स्रोत साधन अभाव रहेकै कारणले नयाँ आउने जनप्रतिनिधिलाई निकै चुनौती छ । नजिकिदै गएको स्थानीय तहको निर्वाचनपछि चुनिने जनप्रतिनिधिले गाउँपालिकामा रहेको सम्पूर्ण जस अपजस दुवै लिनुपर्ने हुन्छ । चुनौतीपूर्ण अवस्था रहेको पौवादुङमा गाउँपालिकाको जिम्मेवारी लिनको लागि भने विभिन्न दलका युवाहरु निकै उत्साहितका साथ दौडमा रहेको छ ।
पौवादुङमा गाउँपालिकाको नेतृत्व हत्याउन विभिन्न दलका युवाहरु उम्मेदवार बनेका छन । नेपाली कांग्रेसका शिसिरा राई, नेकपा एमालेका किरण राई र माओवादी केन्द्रका शैलेन्द्र भुजेल छन । चुनाव जित्नका लागि उम्मेदवारहरु घरदैलो, टोलसभा, वडा सभाहरुमा व्यस्त छन । सबैले पौवादुङमा गाउँपालिका क्षेत्रको विकासलाई प्राथमिकता दिएर चुनावी नारा दिइरहेको छ ।
नजिकिदै गएको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका युवा नेता तथा उम्मेदवार किरण राईले चुनौतीपूर्ण अवस्थामा रहेको पौवादुङमा गाउँपालिकाको विकासलाई मुख्य प्राथमिकता राखेर आगमी ५ बर्ष्भित्र गाउँपालिकालाई समृद्ध बनाउने भिजनहरु तयार गरेका छन । उनले विद्यमान अवस्थामा तत्कालीन नभई नहुने कुराहरुलाई व्यवस्थापन गरी थप कामलाई क्रमागत रुपमा गर्ने लक्ष्यका साथ भिजन तयार गरेका छन ।
पौवादुङमा गाउँपालिका क्षेत्रमा आफु निर्वा्चित भएपछि सर्वप्रथम एक घर एक धारा स्वच्छ पानीको व्यवस्था, प्रत्येक घरमा केन्द्रीय लाइनको विद्युतिकरण विस्तार, पौवादुङमा गाउँपालिकाको टोलटोलमा सडक निमार्ण गरी गाडी सञ्चालनमा ल्याउने, पौवादुङमाको केन्द्र च्याङ्ग्रेस्थित पञ्चकन्या उच्च मावि शैक्षिक प्रतिष्ठान बनाई स्नातक तह सञ्चालन गर्ने, गाउँपालिकास्तरमा व्यवथित प्रसुति केन्द्रको स्थापना, अस्पताल निमार्र्ण, दुङमाली भाषी लगायत अन्य मातृभाषाको कक्षा सञ्चालनमा ल्याउने, नीजि विद्यालयहरुलाई निरुत्साहित गरी सामुदायिक विद्यालयको प्रोत्साहन र गुणस्तर बृद्धि गर्ने, सामाजिक सुरक्षा भत्ताहरु बृद्धि गरी घरघरमा पु¥याउने, प्रधानमन्त्री कृषि आधुनिकरणलाई कार्यान्वयन गर्ने, कृषिको बजारीकरण गर्नुको साथै प्राविधिक र अनुदान सहयोग गर्ने जस्ता महत्वपूर्ण भिजनहरु बनाएका छन ।
युवा नेता राईले आफुलाई निर्वाचित गरे पाँच बर्ष भित्र पौवादुङमा गाउँपालिकालाई समृद्ध बनाउने भन्दै आफनो बृहत भिजनहरु तयार गरेको छ । आगमी पाँच बर्ष्भित्र पौवादुङमा क्षेत्रमा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि च्याङ्ग्रे पोखरीलाई थप विस्तार र व्यवस्थित बनाई डुङगा लगायत पानी बोर्ड सञ्चालन गर्ने, च्याङ्ग्रेमा रहेको तीनवटा डाँडामा भ्यू टावर, बृद्धको मुर्ति राख्नुको साथै रिर्सोट सञ्चालन गर्ने लक्ष्य राखेका छन । साथै श्यामशिलाको अरुण डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, तिवा रीभञ्ज्याङको तीनतले डाडाँ, चुवाचुङ, कोढगढी, शिशिरे गढी, सानोदुम्मा सन्तानेश्वर महादेव थान, झाली गुफा, भाते ढुकुरा लगायत सम्भावित धार्मिक ठाउँहरुमा धार्मिक र पर्यटकीय अध्ययन गरी विकास गर्ने भिजन राखेका छन ।
परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाएर आयस्रोतमा बृद्धि गरी गरिवी घटाउने योजना समेत युवा नेता राईले बनाएको छ । जसअन्र्तगत सानोदुम्मा, ठुलोदुम्मा, बास्तिम लगायतको तल्लो स्थानमा रहेको खाली जग्गाहरुमा कोकटी उत्पादन गरी कोकटी कपडा उत्पादानका लागि उद्योगहरु सञ्चालन गर्ने, माथिल्लो क्षेत्र तरकारीको पकेट क्षेत्र बनाएर तरकारी खेतीको आधुनिकरण र बजारीकरण गर्र्नै योजना अगाडी सारेका छन । साथै सजीवन खेती, जैतुन खेतीलाई समेत प्रोत्साहन गरी थप विस्तारका लागि आवश्यक काम गर्ने भिजन बनाएका छन ।
आफुले बनाएको भिजनले पाँच बर्ष भित्र पौवादुङमा गाउँपालिका समृद्ध हुने भन्दै गाउँपालिका स्तरमा युवाहरुलाई रोजगारमुखी र स्वरोजगारमुखी बनाउने आयस्रोत हुने खालको कार्यक्रम गरिने उम्मेदवार राईले बताएका छन । जसअन्तर्गत आधृनिक कृषि फार्महरु सञ्चालनमा ल्याउनका लागि लागि सहयोग र बजारको विस्तारीकरण समेत गर्ने लक्ष्य राखेका छन ।
को हुन किरण राई ?
किरण राई पौवादुङमा गाउँपालिकामा एमालेको तर्फबाट प्रमुखको उम्मेदवार हुन । च्याङ्ग्रे स्थायी घर भएका राई १४ बर्षदेखि विद्यार्थी
राजनीतिमा होमिएका थिए । २०५६ सालमा पञ्चकन्या उच्च माध्यमिक विद्यालय अनेरास्ववियू प्रारम्भिक कमिटिका अध्यक्ष बनेका राई २०५९ सालमा नेकपा एमालेका भातृ संगठन प्ररायुसंघ भोजपुर जिल्ला सदस्य बनेका थिए । सोही समयमा उनी इलाका नं ६ को विद्यार्थी र युवाको इन्चार्ज बनेका थिए । त्यसपछि नेकपा एमालेको पाँचौ जिल्ला अधिवेशनपछि एमाले पार्टीको जिल्ला सदस्य बनेका उनी छैटौं जिल्ला अधिवेशनबाट निर्वा्चित जिल्ला सदस्य बनेका थिए । ०७० सालको सातौं जिल्ला अधिबेशनबाट सचिवालय सदस्य र खेलकुद विभागका इन्चार्ज बनेका थिए । इलाका नं ६ को पार्टीको इन्चार्ज तथा पौवादुङमा संगठन कमिटिका संयोजक रहेको राई विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रिय छन । पौवादुङमा गाउँपालिका अन्र्तगतका क्षेत्रहरुमा राईले विभिन्न सामाजिक, शैक्षिक लगायत विकासका भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण कामहरु गरेका छन ।
राईले के के सामाजिक काम गरे
सक्रिय राजनीतिमा संलग्न हुदै राईले पौवादुङमा गाउँपालिकाहरुको क्षेत्रमा सडक लगायत अन्य पूर्वाधार विकासमा निकै काम गरेका छन । उनले आफनै पार्टीको सांसदहरुको सांसद विकास कोष अन्र्तगतका रकमहरु प्रत्येक बर्ष विनियोजन गरेर सडक, भवन लगायतका भौतिक पूर्वाधारहरु निमार्ण गर्नका लागि महत्वपूर्ण भुमिका खेले । उनले सांसद विकास कोष अन्तर्गतका बजेट विनियोजन गराएर पौवादुङमा क्षेत्रलाई विकासको बाटोमा डो¥याए । नेकपा एमाले पार्टीको पहलमा सांसद विकास कोष अन्तर्गत अखुवाखोला हुदै निस्कने बास्तिमको पैदल हिडने बाटो २२ लाखमा निमार्ण तथा स्तोरोन्त्ती, भोजपुर आम्तेक हुदै बास्तिम जोडने सडक निमार्णमा ३५ लाख बजेट विनियोजन, ऐतिहासिक सन्तानेश्वर महादेव सानोदुम्मा संरक्षण गर्न २ लाख, सानोदुम्मा माविमा आईसिटि विकासका लागि १ लाख, बालकल्याण नि.मा.वि सानोदुम्मा पूर्वाधार विकासका लागि १ लाख, बास्तिम बेलबोट घोरेटो बाटो निमार्ण १ लाख ५० हजार, ठुलोदुम्माको मार्ताङ हुदै सुनवालुवा जोडने सडक निमार्णमा १२ लाख, पञ्चकन्या उमावि च्याङ्ग्रे स्नातक तह सञ्चालनका लागि भवन निमार्णका लागि ३७ लाख, एस.एल.सी परीक्षार्थीहरुलाई पाठयपुस्तकका लागि १ लाख र छक्ला छर्छरे खानेपानी जाने सडक निमार्णका लागि १० लाख रुपैया बजेट विनियोजनका लागि पार्टीसंग समन्वय गरेर पूर्वाधार विकासका लागि महत्वपूर्ण खेलेका हुन ।
के छन जित्ने आधारहरु
नेकपा एमालेका उम्मेदवार किरण राई युवा भिजन भएका नेता भित्र पर्छ । उनले आफु निर्वा्चित भए ५ बर्ष्भित्र पौवादुङमा गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ आफ्ना भिजन बनाएको छ । अर्को विगत लामो समयदेखि एमालेको संगठन बलियो
रहेको छ । विगत लामो समयदेखि गाउँस्तरमा एमालेको राम्रो प्रभाव छ । सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाउ, कर्मचारीको तलब बृद्धिले गाउँ तहमा निकै राम्रो छाप छोडेको उम्मेदवार राईको दावी छ । एमालेको अग्रसरतामा सडक निमार्ण लगायत भौतिक पूर्वाधारको विकास भएका कारण पनि जनताले विश्वास गरेको कारणले जित्ने एमालेको दावी छ । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिया रुपमा लागेका छन् ।