भोजपुर । जिल्लामा दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिदै गर्दा स्थानीय टुडिखेलमा नमुना मतदान गरिएको छ । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नमुना मतदान गरिएको हो ।
निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनबाट मतदान गर्न सक्ने नसक्ने जाँच गर्नको लागि निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए। नमुना मतदानबाट कमजाेर देखिएमा थप मतदाता शिक्षामा जाेड दिने निर्वाचन अधिकारी रेग्मीले बताए ।
मतपत्र, मतपेटिका प्रचारप्रसारलगायतका सामग्री जिल्ला आइसकेकाले त्यसको कामसमेत तीव्ररुपमा भइरहेको बताए । निर्वाचन अधिकारी रेग्मीका अनुसार वर्षात् सुरु भएकाले मतदान केन्द्रसम्म निर्वाचन सामग्री पठाउन केही समस्या रहेको छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भोजपुरमा १३ दल दर्ता भएको कार्यालयले जनाएको छ ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा एक लाख पाँच हजार ५५४ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।