भोजपुर ।
सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति असार १४ गतेलाई तोकेसगैं भोजपुरका अधिकाशं क्षेत्रमा चुनावी माहोल तातिएको छ । भोजपुरको २ नगरपालिका र ७ गाउँपालिकाको मेयर , उप-मेयर र प्रमुख र उप- प्रमुख साथै सबै वडाको सदस्यहरुको छिनोफानो लगाएर एमालेले भोजपुरमा चुनावी सभाका कार्यक्रमहरु गर्दै आईरहेको छ । ट्याम्केमैयुङ गाउँपालिकाको ९ वटा वडाहरुमा लगातार चुनावी सभाहरु सम्पन्न भइरहेको छ । आज पनि साविकको कोट गा.वि.स. को अर्थात ट्याम्केमैयुङ गाउँपालिका वाड न: ६ र ७ को संयुक्त चुनावी सभा सम्पन्न भएको छ ।
कार्यक्रम वर्षातको कारणले अलि ढिलो समयदेखि सुरु भएको भएतापनि निकै भव्यरुपमा जनदयो माध्यमिक विद्यालयको नजिकैको सडकमा सम्पन्न भएको हो । सयौंको संख्यामा उपस्थित जनताका विच भएको कार्यक्रममा नेकपा एमाले ट्याम्केमैयुङ गाउँपालिका वाड न:७ का वडा कमिटी अध्यक्ष देवीप्रसाद खतिवडाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सांसद जयन्ती राईको प्रमुख अातिथ्यमा भएको थियो भने विशेष अतिथिका रुपमा नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य हरिबहादुर राई हुनुहुन्थ्यो ।
कार्यक्रममा ट्याम्केमैयुङ गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी धुब्र राई , उप -मेयर पदका उम्मेदवार ईन्द्रवती राई , नेकपा एमाले जिल्ला कमिटी सचिव शरण कुमार राई , नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा ट्याम्केमैयुङ गाउँपालिका वाड न:७ का वडाध्यक्ष उम्मेदवार उत्दव राई , नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रभत राई , युवा संघ भोजपुर जिल्ला कमिटीका अध्यक्ष सन्दिप राई , जिफन्ट भोजपुर तथा ट्याम्केमैयुङ गा.पा. वाड न :५ का वडाध्यक्ष उम्मेदवार सुनिल राई लगायतका नेताहरू अतिथिका रुपमा हुनुहुन्थ्यो । साथै युवा नेताहरु , विभिन्न भातृ संगठनका प्रतिनिधि र विभिन्न व्यक्तिहरु अतिथिको रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रमलाई प्रमुख अतिथि जयन्ती राईले व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ट्याम्केमैयुङ गाउँपालिका वाड न:६ को स्थानीय घोषणा पत्र वडाध्यक्ष उम्मेदवार राम कुमार राईले सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा सबै अतिथिहरुले मन्तव्य राख्दै स्थानीय तहको निर्वाचनको महत्त्वका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा डाईमण्ड डान्स एण्ड ड्रामा क्रु भोजपुरका कलाकारहरुले दमदार प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष उम्मेदवार राम कुमार राईले भने – “हामीलाई जिताउनुस हामी यहाँका जनताको हित , समाजलाई विकास गराउनको निम्ति ५ वर्ष सम्म हामी तपाईंहरुको सिपाही भएर खटिने छौ ।”