भोजपुरमा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा

भोजपुर । आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सहजरुपमा गर्न र निर्वाचन हित विपरीत गतिविधि हुन नदिन विशेष सुरक्षा अपनाएको हो ।
सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई २४सै घन्टा तैनाथ गरिएको सुरक्षा समितिका सदस्य एवम् प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।