भोजपुर नगरपालिकामा एक स्वतन्त्र सहित आठ दलले गरे उम्मेदवारी दर्ता

भोजपुर । दोश्रो चरणको स्थानिय तहको निर्वाचनको लागि पूर्वी पहाडी जिल्ला भोजपुरमा एक जना स्वतन्त्र सहित आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको समय भित्र ८ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आगामी असार १४ मा हुने स्थानिय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारकारुपमा भोजपुर नगरपालिकाको मेयरका लागि जितकुमार राईले उम्मेदवारी दर्ता गराएका छन ।

स्थानिय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रंजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल परिवार दल र जनजागरण पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ताका लागि जिल्लामा क्रियाशिल राजनीतिक दलहरु पार्टी कार्यालयबाट नारा जुलुस सहित आएका थिए । मुख्य निवार्वचन अधिकृतको कार्यालयले बिहान ८ बजे देखि बेलुका ४ बजेसम्म उम्मेदवारी दर्ताको लागि दलहरुलाई फरक फरक समय निर्धारण गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार निर्वाचन प्रयोजनका लागि भोजपुरमा १३ वटा राजनीतिक दलले पार्टी दर्ता गराएका थिए । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरमा कुल १ लाख ५ हजार ५ सय ५३ जना मतदाता रहेका छन । रासस