भोजपुर । स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति पटक पटक सरेपनि भोट हाल्नका लागि वृद्धवृद्धा आतुर छन् । उनीहरु २० बर्षपछि बल्ल हुन लागेको निर्वाचनमा आफैले आफ्ना प्रतिनिधि छान्न पाउने अवसर पुरा गर्ने दिनको पखाईमा छन् । यसअघि थुप्रैपटक निर्वाचनमा भोट हाल्न पाएका उनीहरु यसपटक संघिय संरचना अन्र्तगतको समावेशी, सुरक्षित, व्यवस्थित तथा मैत्रीपुर्ण निर्वाचन हुन लागेकाले पनि बढि उत्साहित भएका पाइएको छ ।
दोस्रो चरणको निर्वाचन हुने मिति सरेपनि आफ्नो मताधिकार प्रयोग गर्ने दिन कुरेरै बसिरहेको दक्षिणी हतुवागढी गाउँपालिका २ रानीवासका ८४ बर्षिय सेतुमान कार्कीले भने । कार्कीले पञ्चायतकालदेखि बहुदलीय हुदै गणतन्त्रात्मक शासन पद्धतिसम्म आइपुग्दा ५ पटक बढि चुनावमा भोट लगाइसकेको बताए । यसपटकको निर्वाचन अघिल्ला निर्वाचनको तुलनामा फरक र नयाँ पद्धतिको भएकाले धेरै पटक भोट हालिसकेको भएपनि थाकेका छैनन् । बरु भोट हाल्ने दिन कहिले आउछ र आफुले छानेको प्रतिनिधिलाई भोट हालौला भन्ने सुरमा छन् । ‘अहिलेसम्म निक्कै पल्ट भोट लगाइयो, धेरै नेतालाई जिताइयो, अब त उमेरले पनि बुढो भैयो, यसपछि भोट हाल्न पाइएला नपाएला, बाँचुन्जेल भेटेको भोट लाउनैप¥यो नि †’ उनले भने, ‘यो पल्ट त आफ्नै गाउँ बनाउन उठेका नेतालाई भोट हाल्नुपर्नेछ, कहिले भोट हाल्ने दिन आउछ अनि हाल्दिऊ भ’को छ ।’
उत्तरी षडानन्द नगरापालिका मुलपानीकी ८५ बर्षिय फुलमाया तामा¨लाई पनि भोट हाल्ने ठुलो लहर छ । चित्रा बारेर, खरले छाएको सानो छाप्रोमा एक्लै बस्दै आएकी तामा¨का घरमा भोट माग्ने नेता र कार्यकर्ता दिनैपिच्छे पुग्छन् । भोट माग्छन्, कसरी हाल्नेबारे पनि सिकाएर जान्छन् । उनलाई भोट हाल्ने तरिका पहिले हाल्दै आएको भन्दा फरक लागेको छ । उनी नयाँ पद्धतिको चुनावमा भोट हाल्न र प्रतिनिधि चुन्न आतुर भइसकेकी छन् । उनी भन्छिन्, ‘चुनाव हुने दिन लठ्ठी टेक्दै – टेक्दै भएपनि गएर भोट हालेर आउने हो, यसपालाको चुनाव पहिलेको भन्दा फाल्टैखालको लागेको छ ।’ उमेरले पाका तथा दमको विरामी भएकाले अशक्त भएपनि उनमा भोट हाल्ने जोस पहिलोपल्ट भोट लगाउने युवाको भन्दा कम छैन ।
उनका छिमेकी ८३ बर्षिय पजन श्रेष्ठलाई पनि भोट हाल्ने जागँर चलेको छ । उहिलेका चुनावभन्दा पछिल्लो समयका चुनावहरु सुरक्षा व्यवस्था कडाई गरिदै आएकाले पनि सुरक्षित भएर भोट हाल्न पाइने उनको तर्क छ । त्यसो त सुरक्षा घेराभित्र रहेर स्वतन्त्र रुपमा आफुले चाहेको प्रतिनिधि चुन्न पाइने हुनाले पनि यसपटकको स्थानीय तह निर्वाचनमा भोट हाल्न उत्साहित भएका हुन् । ‘पहिले त चुनावताका मारपिट, झगडा चल्थ्यो, बुढाबुढिलाई भोट हालेर आउनजान गाह्रो हुन्थ्यो, अहिले त म्यादी, प्रहरी, सेना खटाइराखेका छन्, मनले खाएको उम्मेदवारलाई ढुक्कले भोट हाल्न त पाइन्छ,’ उनले भने ।
अघिल्ला चुनावहरु भन्दा पछिल्ला चुनावहरु सुरक्षा संयन्त्रका हिसाबले व्यवस्थित बन्दै गइरहेका छन् । महिला, अपागं, वृद्धवृद्धामैत्री बन्दै गएकाले पनि निर्वाचनमा भोट हाल्नेहरु उत्साहित भएका जिल्ला निर्वाचन कार्यालयले बताएको छ । मतदाताले स्वतन्त्रतापुर्वक मतदान अधिकार सदुपयोग गर्न पाउने कारणले पनि भोट हाल्ने उत्साह बढेको छ ।