बालगीति एल्बम“पाइला सफलताको” साउने सक्रान्तिमा मैझारो हुने

रेकर्डीङ्ग पश्चात स्टुडियोमा जिल्ला बालक्लब समन्वय समितिका अध्यक्ष खेवाहाङ मेवाहाङ र सुरशाला म्यूजिक एकेडेमी खाँदबारी संगीतशिक्षक सुरेन्द्र महतेसँग फोटो खिचाउँदै कलाकारहरु ।

सङ्खुवासभा । जिल्लाबालक्लब समन्वय समिति (जिल्लाबालक्लब सञ्जाल) सङ्खुवासभाको बालगितीएल्बम् साउने सक्रन्तिको दिन मैझारो हुने भएको छ । बाल गायन प्रतिभा उजागर तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धनको लागि बालबालबालिकाकै नेतृत्वमा नेपालमा नै पहिलोे प्रस्तुतिको रुपमा बाल गीती सङ्ग्रहनिर्माण गरि बजारमा ल्याउने भएको जिल्ला बालक्लब समन्वय समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । उनकाअनुसार बालअधिकार र बालबालिकाको आवाजलाई आमनागरिक र सरोकारवालासम्म पु¥याउन सजिलो माध्यम गीत भएकोले यो गीती एल्बमलाई अगाडी सारिएको हो ।

देश तथा विदेशमा छरिएर रहेकाव् यक्तिगत रुपमा रकम सङ्कलनगरि करिब ३ लाख ५० हजारको लगानीमा बाल गिती एल्बम बजारमा आउने भएको हो । एल्बममा बाल मैत्री स्थानीय शासन प्रवर्दनका लागि आमनागरिकले खेल्नु पर्ने भुमिका र राष्ट्र भावकागीतहरु समेटीएको छ भने बालबालिकाको अर्थपुर्ण सहभागीलाई मध्यनजर गरि बालबालिकाकै तर्फबाट यो एल्बम् नेपालमा नै पहिलो पटक आउनलागेको दावि जिल्ला बालक्लब समन्वय समतिले गरेको छ । समितिकाअनुसार हामीले नयाँ काम गर्न चाहान्थ्या, अब त्यो नि सफलहुने भएको छ ।

काठमाण्डौ अनामनगर स्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गितहरुमा खाँदबारी निवासी १२ बर्षिया किञ्जनअधिकारी, खाँदबारी ११ निवासी १३ बर्षिय सुजितापोख्रेल, बाह्रविसे निवासी ११ बर्षिय उत्तर कुमार तामाङ, मत्स्यपोखरी निवासी १२ बर्षिय नविनशंकर र ताम्कु निवासी १५ बर्षि नवराज कुलुङद्धारा स्वरवद्ध भएका छन् ।

दीपनकुमार श्रेष्ठ, सुजन अधिकारी, मेदिनी घिमिरे, सुरेन्द्र महते, नविनदाहालको शब्द रहेका छन् भने गोपाल सरगम राई, सुरेन्द्र महते, सुरेन्द्र पुलामी, भिषण मुकारुङ लगायतका कलाकारहरुबाट संगीतगरिएको एल्बमश्रावण १ गते साउने सक्रान्तिको दिनजिल्ला सदरमुकाम खाँदबारीमा विमोचन गरिनेछ ।