किन सुतेको सुत्यै मर्छन मलेसियामा नेपाली श्रमिक ?

मलेसिया । सरकारको चिकित्सक सहितको बिशेष टोलि यतिबेला मलेसियामा छ । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाको पहलमा सरकारले चिकित्सक सहितको एक टोलिलाई मलेसियामा हुने नेपालीको मृत्युुको कारण खोज्न मलेसिया पठाएको हो ।

मलेसियामा बिभन्न कारणले नेपालीहरु बर्सेनी ४०० को दरले मृत्युवरण गरिरहेका छन । केही दिन अघि मलेसिया प्रबेश गरेको पांच सदस्यीय टोलिले शुक्रबार नेपाली राजदुतावास क्वालालम्पुरमा पत्रकार संग भेटघाट गर्दै लेसियामा नेपालीहरुको मृत्यु हुने कारण बारे छिट्टै टुङ्गोमा पुगेर मृत्यु सङख्या घटाउने बताएको छ ।

टोलीमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा। केदार बराल, सहिद गंगालाल हृदयकेन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा। डा। रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजु पोखरेल र श्रम मन्त्रालयबाट अर्जुन खनाल रहेका छन् । टोलिले मलेसियामा विभिन्न नेपाली समुदाय, संघ , राजदुतावास , मलेसियाको मेडिकल कलेज, श्रमिकहरु संग छलफल तथा अध्यान गरेको छ ।

विभिन्न रिपोर्ट , डाटा, प्रकृतिको पुर्ण अध्यान पछि जरोमा पुगेर मृत्यु बारे ठोस तरिकाले अगाडि बढ्ने बताएको छ । युनिभर्सिटी मलेसिया , मेडिकल कलेज, अस्पतालबाट मृत्यु बारे रिपोर्ट सङकलन कार्यभैरहेको र यसको अध्यानपछि ठोस निर्णयमा पुग्ने टोलिले बतायो ।