हरेक नेपालीको रगत तताउँने गीत, जसले दियो सिमा सुबेदीलाई झापड (भिडियो सहित)

काठमाडौं । हामी नेपालीहरु स्वभिमानी छौं । अरुको ईष्र्या गर्दैनौं र आफूमाथी भएको थिचोमिचो पनि सहँदैनौं । बरु राष्ट्रियताको सुरक्षाको लागी आफ्नै शिरको बलि दिन परे पनि तयार रहन्छौं । हाम्रा पुर्खाले रगत बगाएर आर्जेको मुलुक हो नेपाल । हाम्रो शरिरका हरेक अंग अंगमा नेपाली पन छ अनि हाम्रो रगतको थोपा थोपामा नेपाली रगत बगेको छ । हाम्रा नेपाली दाजुभईहरुले धेरै वटा देशमा गएर देखाएको बहादुरीले विश्व इतिहासमा अमिट नाम लेखेको छ । यो नै हामी नेपालीको शान हो अनि गोरखाली भनेर चिनाउँने अभिमान पनि । यति हुँदा हुँदै पनि कहिलेकाहीँ आफूलाई शक्ति राष्ट्रका मतियार बताउँनेहरुले हाम्रो स्वभिमान माथी धावा बोल्ने प्रयास गरिरहेका छन् । यस्तै एउटा प्रयास हाल पनि भई रहेको छ ।
नेपालको सिमानामा पर्ने भारत स्वसासित बंगाल प्रदेशमा जोडिएको दार्जिलिङमा नेपालीभाषीहरुले भारतसँग गोर्खाल्याण्ड माग गर्दै आन्दोलन चर्काउँदा त्यसमा नेपालीहरुको पनि मौन समर्थन रहेको थियो । केही नेपालीहरुले खुलेरै समर्थन गरेका पनि हुन् तर एउटा तत्वले त्यहाँको नेपाली भाषी र नेपालीहरु बिचको मन तोड्ने काम गरेको छ । दार्जिलिङकै सिमा सुबेदी नाम गरेकी एक युवतीले नेपालीहरुलाई खुलेरै भाँडा माझ्नेको संज्ञा दिदै नेपाल पनि पाकिस्तान जस्तो हुने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि उनी हरेक नेपालीको तारो बनेकी छिन् । हाल सामाजिक सञ्जाल देखि युट्युवसम्म यही विषय चर्चामा छ । ईन्टरनेटको पहुँचमा रहेका हरेक नेपालीहरुका गालीले सामाजिक सञ्जाल भरिएका छन् । यो सबै तमासा नियालि रहेकी नेपाली युवती संगीता रायमाझीले भने गीत मार्फत नेपाली र गोरखालीहरुको बारेमा अझ प्रष्टीकरण दिएकी छिन् ।
नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा कमाउँन सफल संगीता रायमाझीको स्वर सजिएको राष्ट्रिय गीत सार्वजनिक भएको छ । हामी गोरखाली हामी नेपाली बोलको उक्त गीतका कतिपया शब्दहरु सिमा सुबेदीले नेपालीहरुमाथी पोखेको अभिव्यक्तिको जवाफमा केन्द्रित छन् । यसका साथै राष्ट्रिय भावनामा जहिले पनि मेल खाने शब्द उक्त गीतमा समेटिएका छन् । बोल्दैमा केही गोरखाली नहुँने, गोरखाली र नेपाली हुनको लागी त शिरको आहुती दिन सक्नु पर्ने चेतावनीका शब्दमा उक्त गीतमा पोखिएका छन् । गायिका आफैंले लेखेको शब्दमा निराजन सापकोटाको संगीत रहेको छ भने एरेञ्ज र छायाँकन बुद्ध सायमीले गरेका छन् । तुलसी बाँस्कोटाले सम्पादन गरेको भिडियोलाई एमएमएक ईन्टरटेन्मेन्टले सार्वजनिक गरेको छ ।
बाँकी भिडियोबाट