भाेजपुरमा ११ वर्षे बालिका गर्भवती भएपछि गाउँले गाउँ छाेड्न लगाए

भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी–२० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाइ फकाइ वालिकासँग शारीरिक सम्पर्क राखेपछि वालिका गर्भवती भएकी थिइन ।
गाउँनिकालापछि धरान गएकी साधाना भने बिचल्लीमा परेकी छिन् । वालिकाको बुवा नेवार र आमा दलित समुदायको भएकोले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै धम्की दिएपछि वालिकालाई गाउँनिकाला गरिएको हो । बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । ‘छ महिनाको गर्भवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो, बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने ।’ वालिकासंगै गएको केटाको अत्तोपत्तो छैन भने छोरी धरानमा अलपत्र पेरेकी छिन् ।
छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे रे ।’ वुवा खगेन्द्र श्रेष्ठले गहभरी आशु पार्दैै भन्नु भयो । अन्तरजातीय विवाह गरेका कारण यो समाजले पनि मलाई न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक र धम्की दियो । हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’ वुवा खगेन्द्रले भने ।
स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा–७ मा अध्ययनरत गरेकी छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन् ।
बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताइन । घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन ।

प्रहरी चौकी याकुमा गएर सहयोग माग्द समेत सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर विहे गरिदिने निर्णय भए अनुसार विवाह गरिदिएको बताए । महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।