भोजपुर । स्थानीय निर्वाचनको क्रमममा अन्र्तघात र पार्टीले उठाएको उम्मेदवारका विरुद्ध वागी उठने नेता कार्यकर्ताहरुलाई एमालेले कारवाही गरेको छ । निर्वाचन समिक्षा गर्ने बसेको एमाले जिल्ला कमिटि बैठकले अन्र्तघात र वागी उठनेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निस्कासन गरी कारवाही गरेको हो ।
अधिकांश स्थानीय तहहरुमा अन्र्तघात भएको कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरेको छ । अन्र्तघातसंगै धेरै स्थानमा पार्टीले उठाएको उम्मेदवारको विरुद्ध वागी उठेका कारण हार व्यहार्नुपरेको जिल्ला कमिटिले निष्कर्ष निकाल्दै अन्र्तघात र वागी उठनेहरुलाई कारवाही गरेको छ । कारवाही पर्नेहरुमा संगठित सदस्यदेखि प्रदेश कमिटिका सदस्य समेत रहेको छ ।
जिल्ला कमिटिले पार्टीको तल्लो कमिटिले सिफारिश गरेको आधारमा अनुसन्धान गरी कारवाही गरेको छ । एमाले जिल्ला कमिटिले टेम्के मैयुङ गाउँपालिका –९ मा वडा अध्यक्षमा वागी उठने जिल्ला कमिटि सदस्य नभराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै वागी उठने जिल्ला सदस्य विजयलक्ष्मी राई र उनीहरुको समर्थक, प्रस्तावक संगठित सदस्य रहेका यादवकुमारी नेपाल, भीमप्रसाद लुइटेल र वावुराम शाक्यलाई पनि कारवाही गरेको छ । वडा नं ७ र ६ का वागी उम्मेदवारहरुलाई सहयोग गरेर पार्टी विरुद्ध गतिविधि गरेको ठहर गर्दै पुर्व गाउँपार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारवाही गरेको छ । वागी उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिडने जिल्ला कमिटि सदस्य नविन राईलाई पनि अन्र्तघात गरेको ठहर गर्दै कारवाही गरेको छ ।
निर्वाचनको क्रममा पौवादुङमा गाउँपालिकामा अन्र्तघात गर्नेहरुलाई कारवाही गरेको छ । जिल्ला कमिटि सदस्य उदय कार्की र संगठित सदस्यहरु गजेन्द्र तामाङ र कर्ण तामाङलाई कारवाही गरको छ । उनीहरुले उम्मेदवारलाई हराउन पार्टीको हित विपरित गतिविधि गरेको ठहर गर्दै कारवाही गरेको हो ।
भोजपुर नगरपालिकामा अन्र्तघात गर्ने प्रदेश कमिटि सदस्य रमेश शाक्यलाई कारवाहीका लागि प्रदेश कमिटिमा सिफारिश गरेको छ । शाक्यले पार्टीका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि जिल्ला कमिटिले तीन सदस्यीय छानवीन समिति नै गठन गरेको थियो । छानवीन समितिले प्रदेश सदस्य शाक्यले अन्र्तघात गरेको ठहर गर्दै जिल्ला कमिटिलाई प्रतिवेदन बुझाएको थियो । जिल्ला कमिटिले छानवीन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाहीको लागि प्रदेशमा पठाएको जनाएको छ ।
बाँकी स्थानीय तहहरुको वडाहरुमा पनि अन्र्तघात र बागी भएकाले निर्वाचनको समिक्षा सुक्ष्म ढंगले गर्न पदाधिकारीहरुको संयोजकत्वमा अध्ययन गर्ने टोली बनेको छ । पदाधिकारीहरुको संयोजकत्वमा रहेको टोलीले सुक्ष्म ढंगले अध्ययन गरी उक्त बिषयमा टुंगो लाउने जिल्ला कमिटि सचिव शरण कुमार राईले बताए ।
सुक्ष्म ढंगले अध्ययन तथा छानवीन गर्नका लागि आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद गाउँपालिकामा प्रेमकुमार राई, टेम्के मैयुङ गाउँपालिका, भोजपुर नगरपालिका र पौवादुङमा गाउँपालिकामा शरणकुमार राई र षडानन्द नगरपालिका, अरुण गाउँपालिका र साल्पा सिलिछो गाउँपालिकामा देवीराम चौलागाईलाई संयोजक तोकेको छ । निर्वाचनको क्रममा भएको अन्र्तघातको सुक्ष्म ढंगले अध्ययन गरी कावाही गर्नका लागि उक्त टोली बनाइएको पार्टी सचिव शरणकुमार राईले बताए । अन्र्तघात गर्ने जो सुकैलाई पनि कारवाही हुने र क्षमा समेत नहुने सचिव राईले बताए ।