भाेजपुरमा सीआईबीले थाल्यो तीन बालबालिकाको हत्याको अनुसन्धान,

भोजपुर। अरुण गाउँपालिका–३ प्याउलीमा ३ बालबालिकाको हत्या भएको एक महिनापछि अनुसन्धान शुरु भएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हत्याको अनुसन्धान शुरु गरेको हो । प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
हत्या लगतै क्षेत्रिय प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरिरहेको भने पनि लामो समय सम्म हत्यारा पत्ता लगाउन नसकेपछि केन्द्रीय अनुसन्धान टोलीले अनुसन्धान थालेको हो । घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय स्तररमा संघर्ष समिति गठन गरेर विरोध तथा बन्द कार्यक्रम गरिरहेका छन् ।
साथै संघर्ष समितिले अनुसन्धानलाई प्रभावकारी ढंगले अनुसन्धन गर्न माग गर्दै बिहीबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत पठाएको संघर्ष समितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए । ध्यानाकर्षण पत्रमा अनुसन्धान प्रक्रियामा नेपाली सेन, प्रहरी, निर्वाचनमा खटिएका कर्मचारी, स्थानीयवासी सबैलाई एकएक गरेर अनुसन्धन गरी घटनाको दोषी पत्ता लगाउन माग गरेका छन् । अनुसन्धान गर्दा कसैको दवावमा नपरी निष्पक्ष अनुसन्धान गर्न अुनरोध समेत गरेको संघर्ष समितिका संयोजक खत्रीले बताए ।
गत असार १२ मा बिहान स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रन्जित सापकोटा र स्थानीय चेतनाथ फुयाँलका १३ वर्षीया छोरी शुस्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मृत अवस्थामा भेटिएका थिए । उनीहरू घर नजिकैको म¥याङ डाँडामा रहेको स्थानीय तोरण कार्कीको माछा पोखरीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरू गत असार १० देखि हराएका थिए ।