आमा मेरो महिनावारी रोकिएको दुई महिना भयो खै के भो ? मलिन स्वरमा भोजपुरकी साधना (नाम परिवर्तन)ले आमालाई भनिन्।
बेलुकीको खाना खाएर ओछ्यानमा आमा छेउमा गएर आफ्नो ११ वर्षीया छोरीले यस्तो बोली सुन्दा ३१ वर्षीया आमा प्रतीक्षा (नाम परिवर्तन) एकछिन अलमलमा परिन्।
केही हुँदैन, यो सबै सामान्य हो, चिन्ता लिनु पर्दैन केही दिनमै महिनावारी भइहाल्छ, खानेकुरा नरुचेर पनि हो। आमाको यस्तो उत्तर सुनेपछि साधना चुपचाप रहिन्। केही बोलिनन्। मौन भइन्। रात बित्यो। दिन बित्यो।
एकएक गरेर महिना दिन बित्न थाल्यो। साधनालाई थाहै भएन उनलाई के भइरहेको छ। थाहा हुने उमेर पनि त होइन आखिर। फेरि महिनावारी सुरु भएको पनि कति न भएको थियो र रु तर, घटना भइसकेको थियो। नहुनु भइसकेको थियो। त्यसको परिणाम के हुन्छ कसरी थाहा होस् साधनालाई रु ११ वर्षकी बालिकालाई !
०००
घटना पुसमा भएको थियो। पुसको त्यो दिन छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठ आएका थिए घरमा। ललाइफकाई गरेर केही गरे। त्यो शारीरिक यौनशोषण थियो, साधनालाई के थाहा रु त्यसको परिणाम जिन्दगीकै एउटा अपरिचित अनौठो मोड बनिदिन्छ उनलाई के पत्तो रु बलात्कार भोगिन् त्रासले चुप बनिन्।
यो काम गरेको कसैलाई भनिस् भने तँलाई, तेरो आमाबाबु सबैलाई मारिदिन्छु भनेपछि मैले केही बोल्न सकिनँ, केही भन्ने आँटै आएन।भावुक र विह्वल मुद्रामा साधनाले भनिन्।
घरमा तीन वर्षीय भाइको हेरचाह गर्दै बसेकी साधनालाई दुर्गाबहादुरले गरेको जघन्य अपराधको परिणाम थाहा थिएन। केवल मनमा डर, भय, त्रास छाइरह्यो। त्रासले मौन बनायो। मौनतामै आँसु बगाइरहिन्। भन्न त खोज्थिन् तर दुर्गाबहादुरले दिएको धम्की सम्झना आइहाल्थ्यो। सबैलाई मारिदियो भने रु त्यही डरले चुप बसिन् उनी।
आजभोलि भन्दाभन्दै ६ महिना बितेको थाहै भएन। एकरात आमाछोरी सुतेको बेला प्रतीक्षाको हात कसोकसो छोरीको पेटमा पुग्यो। यसो पेट छाम्दा पेट ठूलो र कडा थियो।छोरी यो के भएको, तिम्लाई महिनावारी भयो कि भएन, प्रतीक्षाले अत्तालिँदै साधनालाई सोधिन्।
अहँ, छैन। साधनाले उत्तर फर्काइन्।प्रतीक्षाको होसहवास् उड्यो। बिचरी ती ११ वर्षीया साधनालाई स्त्री शरीरको जैविक प्रक्रिया के थाहा ? त्यसले बोकेको जटिल व्यवहार के थाहा रु साह्रै कम बोल्ने, प्रायः चुप लागेरै बस्ने सोझी छोरीमाथि आउन आँटेको आपत्को बादल आमाले आकलन गर्न नसक्ने त कुरै भएन। अत्यासले छटपटिइन् साधना। हतपत उठेर श्रीमान् जीवनको छेउमा पुगिन्। अत्तालिँदै भनिन्( ए हजुर सुन्नुहोस् न। ठूलो बाधा आउन लाग्यो के गर्ने ?
मध्यरातमा एकाएक श्रीमती अत्तालिँदै आएपछि अक्कबक्क परे जीवन। कस्तो बाधा ! जीवनले झटपट उठेर सोधे।
हाम्री छोरीमाथि केही हुन लागेको छ, प्रतीक्षाले बढो गुनासो स्वरमा भनिन्। हैन, के कुरा गरेकी के हुन लाग्यो र ? जीवनले आफ्नी श्रीमती प्रतीक्षालाई हडबडाउँदै सोधे।
के हुनु र। छोरीको महिनावारी रोकिएको ६ महिना भएछ। अघिमात्रै पेट छामेको ठूलो र दह्रो छ खै के गर्ने अब ! समाजले थाहा पायो भने के गर्ने। प्रतीक्षाले आँसु खसाल्दै श्रीमान्सामु दुःखेसो गरिन्। एकाएक जीवनको हातखुट्टा लुला भए। मुखबाट एक शब्द झरेन। दुवैजना चुपचाप लागे। आँखाले सपनाको अनुभव गर्न पाएन त्यो रात।
भोलिपल्ट सबेरै नजिकैको याकु स्वास्थ्यचौकीमा छोरी साधनालाई लिएर चेकजाँचको लागि प्रतीक्षा पुगिन्। डरले हात खुट्ट काँपिरहेको थियो। स्वास्थ्यकर्मीले साधनालाई के भएको छ भनी आमा प्रतीक्षालाई सोधिन्। प्रतीक्षाले मनमा आँट जुटाएर भनिन्, छोरीको महिनावारी रोकिएको ६ महिना भो, जाँच्नको लागि आएकी हुँ।
स्वास्थ्यकर्मीले साधनालाई भित्र लगिन्, ब्लड र तल्लो पेटको चेकअप गरिन्। अचम्म मानिन्। आश्चर्यले जिब्रो टोक्दै उनले प्रतीक्षालाई सुनाइन्– साधनाको पेटमा ६ महिनाको गर्भ छ। साधनाको मुखमा मानौं भोटेताल्चा ठोकिएको थियो।
लौ बच्चीको स्वास्थ्यमा निकै जटिलता सिर्जना हुन आँटेको छ, कृपया उनको राम्रो ख्याल गर्नुहोस्। स्वास्थ्यकर्मीले यसोभन्दा प्रतीक्षाको मनमा ठूलै रेक्टरको भुइँचालो गयो। अब कसरी श्रीमान्लाई भन्ने रु समाजले एक न एक दिन थाहा पाउँछ, के जवाफ दिने रु प्रश्नको हुण्डरी मच्चिन थाल्यो।
के भएको रहेछ छोरीलाई ? जीवनले हतासमा सोधिहाले।प्रतीक्षा केही बोल्न सकिनन्। श्रीमानको अँगालोमा रुँदै डाँको छोड्न थालिन्। जीवनको मनमा आँधीहुरी चल्यो। के भयो भन नु, सम्हाल्दै भने उनले।
छोरी गर्भवती भइछे अब कसरी समाजको अगाडि मुख देखाउनु। श्रीमतीको शब्द सुनेर उनी पनि भुइँमा थचक्क बसे। ज्यान भारी भएर आयो। श्रीमान्– श्रीमती भाग्यलाई धिकार्दै धेरैबेरसम्म रोइरहे।
केही समयपछि मौन छोरीको नजिक गएर आमाबाबुले सोधे, छोरी यो कसरी कहिले भयो। हाम्रो कसम खाएर भन त।साधनाले रुँदै ६ महिना अघि छिमेकी दुर्गाले गरेको अपराधको सबै वृत्तान्त सुनाइन्। घटना सुनेर बाआमाको मनमा आक्रोश उठ्यो। तर, रिसले मात्र त केही हुने थिएन। समाधान खोज्नुथियो। समाधानको लागि यौनशोषण गर्ने दुर्गाको घरपरिवारलाई जानकारी दिनु थियो। कसरी भन्ने उनीहरूलाई ?प्रश्नको पर्खाल उभियो किनभने बीचमा जातीयताको पर्खाल पनि थियो।
अब के गर्ने रु ११ वर्षे बच्चीको गर्भलाई कुन निष्कर्षमा पुर्याउने रु बिहे नै गरिदिउँ एकातिर कम उमेर त्योभन्दा पनि ठूलो जातीयताको पर्खाल। १३ वर्ष अगाडि उमेर पुगेपछि नै जीवनले प्रतीक्षासँग बिहे गर्दा कम्ता हण्डर खानुपरेको थियो रु नेवार परिवारका जीवनले तथाकथित दलित भनिएकी प्रतीक्षासँग बिहे गर्दा निकै(निकै गाह्रो भएको थियो। उनीहरू समाजको चौघेराबाट दखल हुनुपरेको थियो।
एकाएक संघार बाहिर भएका थिए। तर यो १३ वर्षमा राजा हटे पनि, गणतन्त्र आए पनि, संविधान नयाँ बने पनि समाज उस्तै छ। यो नफेरिएको समाजमा यो ११ वर्षे छोरीले के गर्ली रु कसरी सामना गर्ली यत्रो विपत्ति रु प्रश्नको हुण्डरीले थिचेपछि चुपचाप रुँदै बसे जीवन–प्रतीक्षा दम्पती। बिचरी साधना त कल्पिन पनि सक्दिनथिन् अगाडिको अँध्यारो भविष्य।
०००
हावाको पनि कान र मुख हुन्छ क्यारे भोलिपल्ट बिहानै एकान–दुईकान हुँदै सबै गाउँलेले थाहा पाए। दुर्गाको परिवारले पनि पत्तो पायो। समाज भेला बोलाइयो। सबै जम्मा भए। दुर्गाले पेट बोकाएकै भन्ने पुष्टि भयो।
अपराध स्वीकारे दुर्गाले। ११ वर्षे बालिकासँग भएको सम्बन्धलाई समाजले प्रेम सम्बन्धु ठान्यो। र, लाञ्छना लगायो कलंकको। कानुनका दफाहरूमा नाबालकसँग समझदारीमै भएको सम्बन्धलाई पनि बलात्कार तै तोकिएको छ भन्ने सम्झने कसले रु सम्झाउने कसले ?
अन्ततः समाजका गन्यमान्य भनिएकाहरूले समाजमा अब यो कलंक राख्न नहुने भन्दै गाउँ निकाला गर्नेु फैसला सुनाए। घरपरिवार र साधनाका मामामाइजू बाहेक सबै राजी भए। आफ्नी ११ वर्षे छोरीलाई त्यस्तो हालतमा गाउँ निकाला गर्दा कसरी सहन सक्थे र ? तर, तथाकथित समाजले आफ्नो मर्यादाु सुरक्षित राख्न कुनै कानुनी समाधानको साटो बलात्कारी पुरुषसँगै जीवन बिताउने गरी गाउँ निकाला गरिदियो।
हे भगवान्, के आइलाग्यो यो। छोरीलाई एउटा खाना पकाउने ढंग छैन न त केटोलाई केही काम गर्ने सीप नै आउँछ। जीवनले श्रीमतीलाई बडो दुःखका साथ भने, भोलि फेरि छोरीलाई केही भयो भने के गर्ने रु आफ्नो त मुटुको टुक्रा हो कसरी जान दिउँ ?
०००
२०६३ सालको चैतमा जन्मिएकी साधना जीवन र प्रतीक्षाकी जेठी सन्तान हुन्। सन्तानको नाउँमा साधना र तीन वर्षीय काखे छोरो छ। कान्छी छोरी पाँच वर्षमै गुमाउनुपरेको यो दम्पतीलाई अर्को वज्रपात थपिदियो समाजका गन्यमान्यको फैसलाले।
भर्खरै कैसोर्यमा टेकेकी छोरीलाई त्यसरी पठाउनु कसरी रु त्यसमाथि तीन वर्षीय छोरोको पिसाबबाट रगत बगिरहन्छ, महिनामा एक चोटि जँचाउन धरान लग्नुपर्छ। गरिबीले च्यापेको परिवारको भरपर्दो आयस्रोत केही छैन। उपचार गराउन चर्को ऋण लिएका छन्। यतागर्दा उतागर्दा नौ वर्ष भारतको बम्बईमा कमाएर ल्याएको केही सम्पती पनि सकिसक्यो। आफन्तले पनि गन्दैनन्।
एउटी छोरी गुमाउनुको घाउ त्यसै पनि ताजा नै छ, छोरो रोगी छ, आउने बाटो केही छैन, न त सम्पत्तिको नाउँमा के नै छ। जीवनले भावह्विल मुद्रामा भने, छोरी सानै छे, कतै गएर उनीमाथि केही हुने हो कि, डरले मन साह्रै काप्छ।
समाजले गाउँ निकाला गर्ने भएपछि बेलुकी शत्रु नै भए पनि गरिब मनले दुर्गा र छोरीलाई घरमै ल्याएर खानासाना खुवाएर सुताए। असार १६ गते भोलिपल्ट बिहानै धरान पुग्ने गाडी चढाएर बिदा गरे।
बिदा भएपछि उनीहरू धरान पुगे। एउटा कोठा लिएर बसे। दुर्गाको व्यवहार राम्रो थिएन। उ आफ्नै धुनमा हिँड्थ्यो। साधनाको कुनै वास्ता नै थिएन। बिचरी साधना कहिल्यै घरबाट बाहिर नगएकी, ठूलो सहर अर्कै संसारमा आएजस्तो भयो उनलाई।
०००
केटो दुर्गा कता जान्थ्यो, के गथ्र्यो थाहा थिएन। केही भन्दैनथ्यो, केही बोल्दैनथ्यो। बेलुकी खाना खानेबेला कोठा आउँथ्यो। जीवनले गरेको फोन पनि उठाउँदैनथ्यो। बिचरी साधनालाई गाउँघरमा सुनाइने गरेको नरकमै आएझैं लाग्थ्यो। केही दिनपछि एकाएक धम्की दिए दुर्गाले।
केटोले मलाई तँ जहाँ गए नि जा, मरे नि मर, मेरो छेउ नबस् भन्यो मैले केही बोल्नै सकिनँ। साधनाले सम्झिँदै भनिन्।
त्यसपछि दुर्गा गायब भयो। साधना बिचल्लीमा परिन्। चिनेजानेको कोही थिएनन्। साधनालाई त्यही घरको घरधनीले धरानमै रहेका उनका मामा पर्ने तिलक रम्तेलकहाँ पुर्याइदिए।
पछि संयोगले धरान झरेका साधनाका कान्छो मामा राजकुमार रम्तेल र माइजू नीलम घले (रम्तेल) ले मामा तिलकको घरमा छ भन्ने थाहा पाएर उनलाई भेट्न गए। उनको त्यो नाजुक अवस्था र केटो भागेका थाहा पाएपछि भोजपुर लगेर उजुरी गर्ने भनेर महिला तथा बालबालिका कार्यालयको सम्पर्कमा आए। साधना र बाबुआमालाई बोलाएर भोजपुर सदरमुकाम आए उनीहरू। सदरमुकाममा महिला तथा बालबालिका कार्यालयमा आई कानुनी उपचारका लागि प्रहरी समक्ष उजुरी गराए।
पेटमा बलात्कारको परिणाम बोकेर ११ वर्षे बालिका रुँदैरुँदै धरान बजारमा अलपत्र पर्दा पनि तथाकथित मर्यादा जोगाउन र कलंकुबाट बच्न मौन रहने निर्दयी कसरी बन्नसक्यो समाजर ?
साधना गाउँमै फर्किएको र उजुरी पनि गरेको थाहा पाएपछि केटापक्षले गाउँमा आतंक मच्याउन सुरु गरेका छन्। जीवनका परिवार डरधम्की सहेर बस्न बाध्य छन्। गाउँ निकाला भइसकेका केटाकेटीलाई समाजमा ल्याउन नहुने भन्दै सिंगो गाउँ नै विपक्षमा उभिएका छन्। यो घटनाले गाउँमा सहज वातावरण छैन।
बालिकालाई सकुशल सदरमुकामसम्म झिकाउन सफल भएका छाै, उनलाई गाउँमा बस्ने वातावरण नभई सकेपछि र उनको पढाइ पूरा गर्ने चाहना पूरा गर्न सहयोगी संस्थाहरूसँग सम्पर्कमा आएका छाै, महिला तथा बालबालिका अधिकृत पुष्पलता उप्रेती भन्छिन्। युवकलाई इलाका प्रहरी कार्यालय धरानबाट पक्राउ गरी भोजपुर ल्याइएको र हिरासतमा राखिएको छ।
०००
साधनालाई अहिले बाल हेल्प लाइन विराटनगरमा राखिएको छ। उनको स्वास्थ्य अत्यन्तै नाजुक छ। अति संवेदनशील भएकीले उनको बकपत्र नआएसम्म विराटनगर नै राखिने भएको छ। त्यस उप्रान्त मात्र परामर्श र उचित स्याहारका लागि काठमाडौं लगिने महिला तथा बालबालिका अधिकृत पुष्पलता उप्रेती बताउँछिन्।
११ वर्षीया साधनालाई बलात्कार गर्ने २० वर्षीय दुर्गाबहादुर श्रेष्ठ स्थानीय शारदा उच्च मावि प्याउली कक्षा ११ को परीक्षा दिएर बसेका थिए। दुर्गाबहादुरलाई गाउँमा खराब आचरणको युवाको रूपमा गाउँलेले चित्रण गर्छन्। उनका समकालीन विद्यार्थीहरू दुर्गाबहादुर केटीहरूप्रति खराब नजर लगाउने गरेको बताउँछन्।
घटनापछि न्यायका लागि भर्खरै अरुण गाउँपालिकाका नवनिर्वाचित उपप्रमुख विनिता ढकालकहाँ पीडित पक्ष जाँदा यस्तो कुरा लिएर नआउनूु भन्दै हप्काएर पठाएको पीडित पक्ष बताउँछन्। न्यायका लागि केही हुन्छ भनेर हामी गाउँपालिकाको कार्यालयमा महिलाको दृष्टिकोणबाट न्याय पाइन्छ कि भनेर उपप्रमुखलाई भेट्यौं तर उहाँले उल्टै यो विषयमा कुराकानी नगर भनेर थर्काउनुभयोु साधनाका बुवा जीवनले गुनासो पोखे।
भोजपुरस्थित महिला अधिकारकर्मी, पत्रकारको समन्वयमा कान्छा मामा राजकुमार र माइजू नीलमको पहलमा बालिका साधनालाई भोजपुर सदरमुकाम उद्धार गरिएको थियो। घटनापछि गाउँ निकाला गर्ने स्थानीय आतंकित छन्।
पीडित बालिकाकी माइजू नीलम घलेले घरमा बालिकाको पेटमा गर्भ रहेको रहस्य थाहा पाएपछि गाउँले बसेर बालिकालाई दुर्गाबहादुरको जिम्मा लगाएको बताइन्। साधनाको बुवा श्रेष्ठ र आमा दलित समुदायको भएकाले केटा पक्षले दलितको छोरी नभित्र्याउने भन्दै घरमा पस्न दिएनन्।
गाउँलेहरूले पनि अर्काको भुँडी बोक्ने भन्दै कहीँ कतै बस्न नदिएपछि केटा र केटी असारको तेस्रो साता अर्थात् १६ गते गाउँबाटै निकाला गरेको माइजू नीलमले बताइन्। गाउँका अगुवा, बुज्रुकहरू पनि गाउँ निकालामा अग्रसर भए।
पीडित पक्ष न्यायका लागि स्थानीय प्रहरीचौकीमा पुग्दा उल्टै थुनिदिन्छु भनेर प्रहरीले धम्काएको पीडित पक्ष गुनासो गर्छन्। प्रहरीले समेत न्याय नगरेपछि हामी झन् ठुलो अन्यायमा परेको पीडित पक्षको भनाइ छ। भोजपुरमा बलात्कारको घटनाहरू दिनानुदिन बढदै गइरहेको छ। प्रहरीको अभिलेखअनुसार तुलनात्मक रूपमा बर्सेनि बढ्दै गएको छ।
अघिल्लो वर्ष २४ वटा बलात्कारको घटना रहेको र यस वर्ष केही बढेको अनौपचारिक सेवा क्षेत्र केन्द्र इन्सेकले राखेको अभिलेखमा उल्लेख छ। तीन वर्ष यताको तथ्यांकलाई हेर्दा अघिल्लो वर्ष र पछिल्लो वर्षको तुलना गर्दा बढेको इन्सेक भोजपुरका प्रतिनिधि किरण राई बताउँछन्। चेतना अभाव, समाज हेर्ने दृष्टिकोणमा परिवर्तन र कानुन कार्यान्वयन गर्ने निकायबाट हुने असहयोगका कारण यस्ता खालको जघन्य अपराध बढ्दै गएको उनी बताउँछन्।
बलात्कारका घटनाहरू औसतमा हेर्ने हो प्रहरी कहाँ उजुरीको संख्या कम आउने र अधिकांश गाउँघरमा हुने त्यस्ता घटनाहरू दबाब प्रभाव र आर्थिक रूपमा मिलाउँदै आएको छ। जसकारणले त्यस्ता घटनाहरूले प्र श्रय पाउनुको साथै पीडितले न्याय पाउन सकेको देखिँदैन।
केही अनुत्तरित प्रश्नहरूः
भोजपुरकी ११ वर्षे बालिकामाथि भएको यो घटनाले केही प्रश्न उठाउँछन्ः
१. कानुनले नै बलात्कार मान्ने घटनालाई पीडकसँग नै विवाह गराइदिई टुंगोमा पुग्ने अधिकार कसले कसरी पायो ?
२. संविधानले स्थानीय तहका उपप्रमुखमार्फत न्याय प्रदान गर्ने व्यवस्था भएकोमा किन उजुरी लिन मानिएन रु यो गैरजिम्मेवारीपन हो कि होइन ?
३. पेटमा बलात्कारको परिणाम बोकेर ११ वर्षे बालिका रुँदैरुँदै धरान बजारमा अलपत्र पर्दा पनि तथाकथित मर्यादा जोगाउन र कलंकुबाट बच्न मौन रहने निर्दयी कसरी बन्न सक्यो समाज ? साभारः अन्नपूर्ण पाेष्ट