भोजपुर । स्वार्गिक मार्ग संघ नेपाल जिल्ला शाखा भोजपुरको छैटौ साधारणसभा श्यामशिलाको यलम्बर चौकमा सम्पन्न भएको छ । स्वार्गिक मार्ग संघ जिल्ला शाखा भोजपुरको अध्यक्ष मोहन कुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वार्गिक मार्ग संघ नेपालका केन्द्रीय सदस्य युमेनहाङ राई प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो भने ईन्द्रहाङ राई विशेष अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा स्वार्गिक मार्ग युवा संघ जिल्ला शाखा भोजपुरका अध्यक्ष युवराज राई र मान बहादुर तामाङ लगायत विभिन्न ईकाईका ईकाई अध्यक्षहरु कार्यक्रमको अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमलाई दिप प्रज्वालन तथा व्यानर वाचन गरेर कार्यक्रमको प्रमुख अतिथि युमेनहाङ राईले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई शिवकला राईले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो । कार्यक्रममा ईन्द्रहाङ राईले बोल्नु हुदै समसामयिक राजनीतिसगँ हेभेन्ली पाथ जोडिन तर्फ केन्द्रित हुन सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा मचिन्द्र कुमार राईले मन्तव्य राख्नु हुँदै भन्नुभयो = “जनजातिहरु हरेक क्षेत्रमा पछाडी परेको एउटा प्रमुख कारण भनेको जाड रक्सीको सेवनले गर्दा हो” राईले बताउनु भयो । हाल सामाजिक विकृतिको रुपमा मदिरा सेवन भएकोले धुम्रपान तथा मद्यापान पुर्णरुपले समाजबाट निषेध गर्नुपर्ने बाध्यता रहेको कुरा बताउनु भएको थियो । जाड रक्सीको सेवनले गर्दा विद्या हासिल गर्न नसकिने कुरा समेत बताउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि युमेनहाङ राईले मन्तव्य राख्दै भन्नुभयो = “हेभेन्ली पाथ नयाँ समाज निर्माण गर्नका लागि लागिरहेको छौ । पुरातन संस्कार संस्कृतीबाट केहि कुरा सिक्दै सभ्य समाज , शान्तिमय समाज निर्माणमा हेभेन्ली पाथ लागिरहेको छ ।” अहिले हेभेन्ली पाथलाई विभिन्न किसिमको आरोप लागिरहेको छ कारण के हो भने हेभेन्ली पाथले गरेको विचारको क्रान्तिको दर्शनले गोली लागेको हो । यसकारणले समाजलाई यथास्थिति राख्न चाहने , समाजलाई अाधुनिकीकरण तर्फ लान नचाहने केही शक्तिहरुले हेभेन्ली पाथलाई विरोध गरेर अझैपनि समाजलाई अन्धविश्वास राख्न खोजेको आरोप लगाउनु भयो । उहाँले फरक प्रसंगमा भन्नुभयो = यो समाजलाई कसैले पनि सहि निर्देशन दिन सकेको छैन । राज्यले समेत यो हाम्रो सभ्य समाज निर्माणको अभियानलाई हेर्न सकेको छैन । समाज परिवर्तनका सबांहक खम्बाको रुपमा रहेको युवा शक्तिलाई समाज परिवर्तनशील काममा प्रोत्साहित गर्न सकेको छैन । देशको लाखौं युवाहरु कोहि विदेश भासिएका छन् त कोहि आफ्नो पेट पाल्नका लागि मात्रै रोजीरोटीमा व्यस्त रहेका छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७३/७४ को अार्थिक प्रतिवेदन कोषाध्यक्ष थिर कुमार राईले प्रस्तुत गर्नुभएको थियो भने मचिन्द्र राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाले पुनः मोहन कुमार राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्ष – मोहन कुमार राई , प्रथम उपाध्यक्ष – कुमार राई , द्वितिय उपाध्यक्ष – सावित्रा राई , तृतीय उपाध्यक्ष – युवराज राई , सचिव – मचिन्द्र राई , सह-सचिव – शिवकला राई , कोषाध्यक्ष – थिर कुमार राई र सदस्यहरुमा निमाराज तामाङ , अनिल राई , राम कुमार राई , मचिन्द्र कुमार राई , सबिता राई , रितु राईलाई चयन गरेको छ । सल्लाहकार समितिमा भने मान बहादुर तामाङको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरेको छ । नयाँ कार्यसमितिको पदाधिकारीहरुलाई केन्द्रीय सदस्य , युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथिले सपथ खुवाउनु भएको थियो । कार्यक्रममा भोजपुर विभिन्न ईकाईहरुबाट बाक्लो उपस्थिति रहेको थियो । नयाँ कार्यसमितिले जिल्ला रहेको सबै स्थानीय तहहरुमा समन्वय गरि सभ्य समाजको निर्माण कार्यमा लागि पर्ने कामलाई भावी योजनाको रुपमा प्रस्तुत गरेको छ । जिल्लामा कार्यसमितिले उदाहरणीय काम गर्न नसकेको महसुुस गर्दै आगामी
दिनमा त्यो गल्ती नदोहोर्याउने समेत निर्णय गरेको छ ।