काठमाडौँ । भोजपुरको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा राजधानीमा छलफल भएको छ । स्थानीय तहको निर्वाचन भइसकेपछि नयाँ संरचनाअनुसार कुन–कुन क्षेत्रलाई प्राथमिकता दिँदै के–के काम तत्काल गर्न सकिन्छ भन्ने विषयमा बहस गरिएको हो ।
कृषि, पशुपालन, पर्यटन, जडिबुटी उत्पादन, फलफुल उत्पादन, अलैँची, चिया तथा कफी विस्तार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, ग्रामीण विद्युतिकरण, संस्कार, संस्कृति र सांस्कृतिक स्थलहरुको संरक्षण लगायतका विषयमा छलफल भएको थियो । छलफलमा भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाश आले, भोजपुर कांग्रेसका सभापति नन्दमणि राई, अनुसन्धाता डा. भक्त राई, संगीतकार, अनुसन्धाता पारस मुकारुङ तथा नेपाली कांग्रेस महासमिति सदस्य हेमन्त मुकारुङ, नेका भोजपुर जिल्ला कार्य समितिका कोषाध्यक्ष सफल किरात लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले भोजपुरको विकासका सम्भावनाहरु प्रष्ट्याएका थिए । सहभागि नन्दमणि राईले भोजपुर भौगोलिक र वातावरणीय हिसाबले फरक फरक सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै कृषिमा ठूलो उन्नती गर्न सकिने बताए । उनले भोजपुरलाई जडिबुटी, फलफुल, चिया तथा कफिको लागि पकेट क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरे । उनले भने, भोजपुरको तल्लो क्षेत्रमा कफीको लागि उपयुक्त हावापानी र माटो छ भने माथिल्लो क्षेत्र चियाको लागि उपयुक्त छ । तर सरकारले यो जिल्लालाई वेवास्ता गर्दा कृषकहरु त्यसतर्फ आकर्षित हुन सकेका छैनन् ।ु उनले चिया तथा कफी विस्तारको लागि कृषकहरुले सरकारी ऋण समेत पाउन नसकेको गुनासो गरे । सरकारले सर्वसुलभ दरमा ऋण दिने व्यवस्था गरी बजारको प्रवद्र्धन गर्न सके भोजपुर जिल्लामा पनि चिया विस्तारको प्रचुर सम्भावना रहेको उनले बताए ।
अर्को प्रसङ्गमा बोल्दै राईले जिल्लामा आउने योजनाहरुको प्रभावकारी कार्यान्वयन नभइरहेकोमा दुःख व्यक्त गरे । कृषि उत्पादनको वृद्धिका लागि दिइने तालिम पनि एकै व्यक्तिले लिने र कार्यान्वयन नगर्ने गरेको उदाहरण उनले प्रस्तुत गरे । विकास निर्माणका योजनाहरु जनतामुखी भन्दा पार्टीमुखी भएको उनले उल्लेख गरे । उनले राजनीतिक पक्षपोषणको लागि मात्रै योजनाहरु स्थानीय स्तरमा पुगिरहेकोले ती योजनाहरु झारा टार्ने र बजेट पचाउने किसिमले सम्पन्न भइरहेको बताए ।
छलफलमा बोल्दै भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाश आलेले सरकारले स्थानीय तहलाई धेरै अधिकार दिएको उल्लेख गरे । उनले भने, ुस्थानीय तहबाटै अब धेरै विकास, निर्माणका कार्य गर्न सकिन्छ तर प्राथमिकताका क्षेत्र पहिचान गर्न र प्रभावकारी योजना तर्जुमा गर्न जनशक्तिकै अभाव छ ।ु उनले स्थानीय तहमा आएको बजेटलाई सदुपयोग मात्रै गर्न सके पनि भोजपुरको विकासमा ठूलो फड्को मार्न सकिने बताए । सरकारको कार्यविधिमा नै स्थानीय तहको पाश्र्वचित्र तयार गरी योजना तर्जुमा गर्ने व्यवस्था भएकोले त्यस तर्फ सबैले ध्यान दिनु पर्ने उल्लेख गरे । उनले भने, ुपाश्र्वचित्र तयार गरेर विकासका सम्भावना, चुनौती र कार्यान्वयन पक्षको वस्तुगत स्थिति तयार गर्न सकिन्छ । तर त्यसको लागि कसरी काम गर्ने, कसले गर्ने भन्ने नै अन्योल छ ।ु उनले त्यो अवस्था नहुँदा बजेट विनियोजन गर्न नै समस्या भइरहेको बताए ।
अनुसन्धाता डा। भक्त राईले स्थानीय तहको विकास, निर्माणका सम्भावना पहिचान गर्नु जरुरी रहेको बताए । उनले स्थानीय तहमा आवश्यक पर्ने अध्ययन अनुसन्धानको लागि जनशक्ति राजधानीमा केन्द्रित भएको उल्लेख गर्दै सो जनशक्तिलाई जिल्लासम्म पुर्याउने वातावरण बनाउन नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरे । उनले भने, सम्भाव्यता अध्ययनका लागि यथेष्ट जनशक्ति भए पनि प्रयोग हुन सकिरहेको छैन । त्यो जनशक्तिलाई समग्र भोजपुरको विकासमा सहभागी गराउन सकिन्छ । त्यसको लागि सरकार र मातहतका स्थानीय तहले वातावरण बनाइदिनु पर्यो ।
डा। राईले भोजपुर विकासका सम्भावनाहरु औँल्याउँदै कृषि तथा पर्यटनमा तत्काल पहल गर्न सके आर्थिक रुपमा भोजपुर सवल हुने बताए । रुद्राक्ष उत्पादन हुने एक मात्रै जिल्ला भोजपुर भए पनि त्यसको प्रवद्र्धन, विस्तार र बजारीकरणमा सरकार वा सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे ।
छलफलमा बोल्दै अनुसन्धाता तथा संगीतकार पारस मुकारुङले भोजपुरका ऐतिहासिक स्थलहरुको संरक्षण गर्नु पर्ने उल्लेख गरे । उनले ती स्थलहरुको संरक्षण गरी प्रवद्र्धन गर्न सके भोजपुरको नाम देश, विदेशसम्म पुग्ने र पर्यटकहरु पनि सो क्षेत्रमा भित्र्याउन सकिने बताए । राणा कालमा मुद्रा छाप्ने टक्सार, धोद्ले खानी ९तामा खानी०, दिङ्ला क्षेत्र, योगमाया आश्रम, बालागुरु षडानन्दले स्थापना गरेको नेपालकै दोस्रो विद्यालय, उनैले रोपेका रुद्राक्ष जस्ता स्थान र वस्तुहरुको संरक्षण गरी प्रचार प्रसार गर्नु पर्ने आवश्यकता रहेको उनले औंल्याए ।
उनले भने, ुदेशकै राजनीतिक परिवर्तनमा नेतृत्व लिने जिल्ला अहिले पछिपरिरहेको छ । समृद्धिका प्रचुर सम्भावना हुँदा हुँदै पनि सडक तथा हवाई यातायात सहज नहुँदा स्थानीयले कष्ट भोग्नु परिरहेको छ । बजारसम्मको पहुँच विकास हुन सकेको छैन यस तर्फ सरकार र सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।ु
अर्का वक्ता हेमन्त मुकारुङले पार्टीको तर्फबाट गर्नु पर्ने कामको बारेमा उल्लेख गरेका थिए । राजनीतिबाट माथि उठेर जिल्लाको विकासमा समर्पित हुनुपर्ने उनको धारणा थियो । यसै गरी अर्का वक्ता सफल किरातले राज्यका निकायले अब फरक ढंगले विकास र उन्नतीमा जिम्मेवारी लिनुपर्ने विचार ब्यक्त गरे । छलफलबाट समग्र भोजपुर विकासका सम्भावनाहरु र कार्यान्वयनका अवस्था बारेमा दस्तावेज तयार गर्नु पर्ने निष्कर्ष निकालिएको थियो । जसका लागि अन्य निकाय तथा सम्बन्धित पक्षसँग अझ गहन छलफल आवश्यक रहेको र यस्तो छलफललाई निरन्तरता दिने सहमति पनि भएको छ । आजकोखबर