बालक्लबद्वारा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीताको छनौट कार्यक्रम सुरु

संखुवासभा । संखुवासभाको माध्यमिक विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगीको छनौट कार्यक्रम अन्तर्गत संखुवासभाको चैनपुरमा आज सम्पन्न भएको छ । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभाले आयोजना गरेको यस प्रतियोगीताको खाँदबारी र चैनपुरमा छनौट कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार चैनपुरको दिलकुमारी स्मृति भवनमा भएको प्रतियोगीताबाट सरस्वती मा.वि. चैनपुर कक्षा १२ की छात्रा सविना धिताल र सारदा उच्च मा.वि. कक्षा–१० का छात्र भरत अधिकारी छनौट भएका छन् । नगरपालिकाभरीका १० जनाको प्रतियोगीताबाट फाइनल प्रतियोगीताको लागि छनौट भएका हुन ।
खाँदबारी नगरपालिकामा गत मंगलबार भएको प्रतियोगीताबाट जनता माध्यमिक विद्यालय चन्दनपुरका कक्षा ८ मा पढ्ने महिमा भट्टराई र कालिका मा.वि. कक्षा १० मा अध्ययनरत लाक्पा शेर्पा छनौट भई सकेका छन् । भने मादी नगरपालिकामा भाद्र २० गते, धर्मदेवी नगरपालिका सयपत्री बाल क्लब, आँखीभुईंकम भाद्र २३ गते लगायत स्थानहरुमा छनौट कार्यक्रम हुनेछ ।
महिला तथा बालबालिका कार्यालय, जिल्ला बाल कल्याण, संखुवासभा, समाज स्पर्श समिति, चैनपुर, मकालु त्रिशक्ति समुह, माट्स नेपाल खाँदबारी र मनाराम फाउण्डेसन लगायतले यस कार्यक्रममा सहयोग गरेको छ ।
नेपालमा स्थानीय निकायबाट नै बालमैत्री स्थानीय शासन कार्यक्रमलाई क्रमशः लागु गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप बालबालिकाहरुमा सकृयता वृद्धि गरि बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनिती र कार्यन्वयन कार्य विधि २०६८ अनुरुप बनेका बाल मैत्री स्थानीय शासनका सुचकहरु परिपुर्तिका लागि बालबालिकाको वाक क्षमतामा अभिवृद्ध गर्ने प्रमुख उदेश्यका साथ यो कार्यक्रम तयार गरिएको आयोजकले जनाएको छ ।
विभिन्न अडिसनहरुबाट छनौट भएका प्रतिस्पर्धीहरु भाद्र २९ गते राष्ट्रिय बाल दिवसमा हुने प्रतियोगीतामा सहभागी हुने छन् । जसबाटपहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद तथा स्टेशनरी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानएको छ ।