भोजपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गयो ।

भोजपुर । भोजपुर नगरपालिका–९ घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । राइस कुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५५ वर्षिया दिलकुमारी तामाङको आज ज्यान गएको हो ।
खाना पकाउनको लागि राइस कुकर बत्तीमा जोड्न लाग्दा एक्कासी करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतक तामाङको सवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएकाे प्रहरीले जनाएको छ ।