नेपाल स्टक एक्सचेञ्जमा सोमबार कुल २२ लाख ४० हजार १८६ कित्ता सेयर सूचिकृत भएको छ । सहयोगी विकास बैंक(SBBLJ@) र पुर्णिमा विकास बैंक (PURBL) को हकप्रद तथा कालिका माइक्रो
फाइनान्स कम्पनी (KMCDB)ले बोनस सेयर सूचिकरण गरेका हुन् ।
नेप्सेमा सहयोगी विकास बैंकको ११ लाख एक हजार १३५ कित्ता तथा पुर्णिमा विकास बैंकको आठ लाख १४ हजार ५१ कित्ता हकप्रद र कालिका माइक्रोक्रेडिट लघुवित्तको तीन लाख २५ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
तीवटा नै कम्पनीको सूचिकृत भएको सेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि कारोबार गर्न सक्नेछन् ।