भोजपुर । विद्यालयबाट परिक्षा दिएर घर फर्कदा एक बालकको खोलाले बगाएर ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका–१ श्यामशिलाका १२ वर्षिया निरज तामाङको ज्यान गएको हो ।
सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा–७ मा अध्यानरत तामाङ कक्षा–७ को दोस्रो त्रैमासिक परिक्षा दिएर साथीहरुसँग घर फर्कने क्रममा भोजपुर नगरपालिका नजिकै रहेको घट्टे खोलामा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी गएको गइसकेको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिने प्रहरीले जनाएको छ ।