काठमाडौं । नेपालमा गित संगीतको रेकर्डिङमा संलग्न रेकर्डिष्टहरुको छाता संस्था म्युजिक रेकर्डिष्ट एशोसिएसन नेपाल र अञ्जु पन्त फाउण्डेशनको संयुक्त आयोजनामा तयारी थालिएको कार्यक्रम अञ्जु पन्त सुमधुर सन्ध्या २०७४ को अन्तिम तयारीमा आयोजकहरु जुटेका छन् । यही भाद्र २४ गते शनिबारका दिन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा भव्यताका साथ आयोजना गरिने उक्त कार्यक्रममा अञ्जु पन्तले आफ्ना चलेका दुई दर्जनको हाराहारीमा गित गाउँने बताईएको छ ।
नेपाली आधुनिक तथा चलचित्रकाको पाश्र्व गायनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल अञ्जु पन्तको एकल कार्यक्रम भने यो नै पहिलो हो । उक्त कार्यक्रम अपरान्ह ४ः३० बजेबाट सुरु भई करीब ३ घण्टा सम्म चल्ने बताईएको छ ।
बाँकी विवरण यो भिडियोमा हेर्नुहोस् ।