कास्परस्की अनलाईन बाटै खरिद गर्न मिल्ने

काठमाडौं । रसियन कम्पनी क्यास्परस्की ल्याबका नेपालका लागि आधिकारिक बिक्रेता सागर टेक्नोलिङ्कले नेपाली बजारमा अनुमानित ६० प्रतिशत भन्दा एण्टीभाइरस प्रयोगर्ताहरुमाझ लोकप्रिय रहेको क्यास्परस्कीको नयाँ भर्सन सार्बजनिक गरेको छ ।

अत्यधिक डिजिटल सेक्युरिटीका लागि डेस्कटप कम्प्युटर, ल्यापटपका साथै म्याक कम्प्युटर, एण्ड्रोइड स्मार्टफोन एवं आईफोन,आईप्याडमा पनि प्रयोग हुने क्यास्परस्की एण्टीभाइरस सफ्टवेयरको नयाँ २०१८ संस्करणहरु सार्बजनिक भएको हो  ।

 

कम्पनिले स्परस्की इन्टरनेट सेक्युरिटी, क्यास्परस्की एन्टीभाइरस, क्यास्परस्की टोटल सेक्युरिटी” को नेपाली बजारमा सार्वजनिक बिक्री वितरण आजैबाट शुभारम्भ गरेको छ ।

नयाँ संस्करणको शुभारम्भ संगै क्यास्परस्की ल्याबले विश्भर हाल विकसित हुँदै आएको पारिवारिक संरचनामा युरोस्ट्याट तथ्यांकका आधारमा अहिलेको आधुनिक एक घरमा जहाँ २.४ जना सदस्य, ०.३ वटा घरपालुवा जनावर तथा ६.३ वटा नेटवर्क कनेक्टेड डिभाइसहरु रहेको पाइन्छ भने नेपालमा पनि दिनानुदिन हरेक घरमा मोबाइल, कम्प्युटर, राउटर लगायतका कनेक्टेड डिभाइसहरुको संख्या बढिरहेको छ ।

 

यसरी इन्टरनेट सुविधामा निर्भर हुँदै गइरहेको जीवनशैलीसंगै बढ्दै गइरहेको छ साइबर अपराधको जोखिम जसले गर्दा व्यक्तिगत डाटा, आर्थिक कारोबार, अनलाइन भुक्तानी एवं बैंकिङ्ग, पासवर्ड र क्रेडिट कार्ड नं. ह्याकिङ्ग लगायत पारिवारिक तथा व्यक्तिगत फोटो एवं अति गोप्य डाटा, फोटो, भिडियोहरु समेत उच्च खतरामा रहेको छ ।

साथै बालबालिकाहरुले प्रयोग गर्ने डिभाइसहरुमा समेत बयस्क तथा ड्रग्स सम्बन्धी सामाग्री, आतंकित पार्ने सामाग्रीहरुका कारण उनीहरु पढाई तथा व्यक्तित्व विकासका लागि रचनात्मक क्रियाकलाप भन्दा पनि कुलतमा फँस्दै मानसिक रोगी समेत बन्न सक्ने खतरा अत्यधिक रुपमा बढेको छ ।

यसरी बढिरहेको जोखिमसंग सुरक्षित रहनका लागि नेपालको बजारमा विभिन्न एण्टीभाइरस सफ्टवेयरहरु उपलब्ध भइरहँदा क्यास्परस्कीले “आखिर यो तपाईंको सेक्युरिटीको विषय हो ! छिटो–छरितो तर धेरै जोखिम, थोरै सुरक्षामा चित्त नबुझाउनुस् !” भन्ने सन्देश सहित अत्यावश्यक र अत्यधिक डिजिटल सुरक्षाका लागि थप नयाँ सुविधाहरु सहित २०१८ को नयाँ संस्करणहरु सार्वजनिक गरेको छ ।

 

 

विगत २० वर्षदेखि विश्वको डिजिटल सुरक्षा गर्दै आएको क्यास्परस्की सफ्टवेयरको नेपालमा भने सन् २००८ देखि व्यावसायिक रुपमा बिक्री वितरण गर्दै यस क्षेत्रकै पायोनियर बन्न सफल, अनुमानित ६० प्रतिशत बजार हिस्साओगट्दै सम्भवतः नेपालकै पहिलो स्थानमा रहेको यो एण्टीभाइरस सफ्टवेयरको कर्पोरेट भर्सन नेपालका विभिन्न सरकारी कार्यालय तथा बैंकहरुले प्रयोग गर्दै आएका छन् ।

प्राविधिक सपोर्ट सेन्टरका रुपमा समेत सक्रिय सागर टेक्नोलिङ्कले सार्वजनिक वितरण शुभारम्भको अवसरमा यसपटक आगामी दशैं अवधिभर सम्म उपभोक्ताहरुका लागि ३ डिभाइस एण्टीभाइरस को सपोर्ट सहित रु. १,७५० कायम राख्दै अफर मूल्य रु. ८७५ (सपोर्ट बाहेक) तथा रु. १,००० एमआरपी मूल्य रहेको १–डिभाइस एण्टीभाइरस को रु. ५०० (सपोर्ट बाहेक) मा बजारमा उपलब्ध गरेको छ ।

 

यसैगरी इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी प्रडक्टहरुमा पनि ५०% सम्म छुटको व्यवस्था पनि गरेको छ । १–डिभाइस र ३–डिभाइस प्याकमा उपलब्ध गरिएको नयाँ प्रडक्टहरु धेरै संख्यामा एकै पटक खरीद गर्न चाहने स्कूल, कलेज, विद्यार्थी, कर्पोरेट, सरकारी कार्यालय,

 

मेडिया, पत्रकार, एनजिओ आईएनजिओका कर्मचारीहरुका लागि थप छुटको पनि व्यवस्था गरेको छ  ।

यी प्रडक्टहरु बेलियो डटकम, ई–सेवा डटकम डटएनपी, खल्ती डट कम, मुन्चा डटकम, डराज डटकम डटएनपी (baleyo.com, esewa.com.np, khalti.com, muncha.com, daraz.com.np) लगायतका अनलाइन स्टोरहरुबाट पनि सिधै खरिद गर्न सकिनेछ ।