बेइजिङ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले तातोपानी नाकालाई पुनः सञ्चालनमा ल्याउन ढीलो गर्न नहुने कुरामा पुनः जोड दिएका छन् ।
नेपालमा ०७२ साल वैशाख २५ गतेको भूकम्पपछि उक्त नाकाबाट व्यापारिक कारोबार सहज रूपमा सञ्चालन हुन सकेको छैन । नेपालले बारम्बार यसलाई खोलिनुपर्नेमा चीनसँग आग्रह गर्दै आएको छ ।‘हामीले हाम्रा सीमा नाकाहरू खुला गर्ने र स्तरोन्नति गर्ने सहमति गरेका छौँ,’ चीनको परराष्ट्र मामिला विश्वविद्यालय एक कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै महराले भने, ‘हाम्रो प्राथमिकता भनेको सकेसम्म छिटो तातोपानी नाका खोल्नु नै हो । यस नाकाको ऐतिहासिक महत्व त छँदै छ, हाम्रो आजको साझेदारीका लागि पनि अत्यावश्यक छ ।’
यसैबीच महराले नेपाल र चीनबीच रहेका हिमालहरूले दुई देशलाई एक अर्काबाट छुट्याउने नभई आपसमा जोड्ने बताएका छन् ।
‘बीचमा जति नै ठूला हिमाल भए पनि सदियौँदेखि दुई देशका जनताबीच व्यापारिक र साँस्कृतिक सम्बन्ध कायम छ । वास्तवमा यी हिमाल सम्बन्धका बाधक होइनन्, बरु सेतु हुन्,’ महराले भने ।
कार्यक्रममा महराले नेपाल र चीनबीचको सम्बन्धका ऐतिहासिक र वर्तमान पक्षहरूबारे चर्चा गर्दै ८ पृष्ठ लामो वक्तव्य वाचन गरेका थिए ।
‘नेपालमा जुनसुकै पार्टीले सरकारको नेतृत्व गरे पनि, चीनसँगको हाम्रो मित्रता गाढा र हार्दिक नै रहेको छ,’ मन्त्री महराले भने, ‘नेपाल-चीन सम्बन्धको विशिष्टता यही नै हो ।
यस नाका खुल्न चीन र नेपाल विच सिधा ब्यापार हुने र यस बाट चिनिया ईलेक्ट्रोनिक देखि चानिज सामान दश गुना सस्तो हुने छ ।
हाल नेपालमा आउने सामान चाईना बाट ईन्डिया अनि मात्र नेपालि आउने हुदा दोहोरो कार तथा ट्रान्फर खर्चीलो र नेपालीलाई चााईनिज सामान १० गुणा महङगो तिर्न बाध्य छन् । अनलाईन खवर