पर्सामा एमालेलाई भोट मागेको आरोप सहायक मतदान अधिकृत बर्खास्त

पर्सा । पर्साको एउटा मतदान केन्द्रमा एमालेलाई भोट हाल्न लगाएको भन्दै सहायक मतदान अधिृकतलाई बर्खास्त गरिएको छ ।
बउदरा माई नगरपालिकास्थित सहायक मतदान अधिकृत शिवप्रसाद खतिवडाले मतदातालाई एमालेको सूर्य चिन्हमा भोट हाल्न भनेपछि बर्खास्त गरिएको हो ।
मतदानका लागि आएका वृद्धवृद्धालाई एमाललेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न भनेको भेटिएपछि उनलाई स्थानीयबासीले कुटपिट पनि गरेका छन् ।
त्यसपछि मतदान केन्द्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोलीले खतिवडालाई नियन्त्रणमा लिएको छ । खतिवडाको ठाउँमा अर्का कर्मचारीलाई नियुक्त गरी मतदान प्रक्रिया अघि बढाइएको छ