भोजपुरको अरुण गाउँपालिकामा चट्याङ लागेर एक बृद्धको ज्यान गयो ।

भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा एक बृद्धको चट्याङले लागेर ज्यान गएको छ । अरुण गाउँपालिका वडा नं–५, आरुबोटेकी ५९ बर्षिया शहरमाया श्रेष्ठको चट्याङले लागेर आईतबार राती मृत्यू भएको थियो ।
मृतक बृद्धाको लासलाई पोष्टमार्टमका लागि धनुकुटा लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर गित नारायण चौधरीले जानकारी दिए ।