भोजपुर । सदरमुकामस्थित रहेको राष्ट्रिय बाणिज्य बैकले सार्वजनिक बिदाको दिनमा पनि बैक खोलेर जनतालाई सेवा दिएको छ । संबिधान दिवसको दिन मंगलवार सार्वजनिक बिदा भए पनि गाउँगाउँबाट आएका सेवाग्राहीलाई समस्या हुने भएकोले बैक संचालन गरिएको प्रवन्धक उमेश नेपालले बताएका छन ।
पुन निर्माणका पहिलाे किस्ता लान पाउने
भुकम्पबाट प्रभावित साल्पा सिलिछो गाउँपालिकाबाट भुकम्पको पहिलो किस्ताको लागि आएका सेवाग्राहीहरूलार्इ दशैको मुखमा निरास नहुन भन्ने उद्येश्यले बैक खोलेर सेवा दिएको प्रवन्धक नेपालले बताए ।
राष्ट्रिय बाणिज्य बैकबाट करिव १ हजार ७ सय जनाले भुकम्पबाट नष्ट भएको संरचना पुन निर्माणका लागि सम्झौता भएको पहिलो किस्ता रकम निकाल्न पाउने छन । भुकम्पको मात्र नभएर बैकमा अहिले दशैको लागि खुद्रा पैसा सटही गर्नेको समेत भिड बढेको छ । बैकका अनुसार आएको खुद्रा पैसा सवै क्षेत्र र सर्वसाधारणलाई पुग्ने तरीकाबाट बितरण शुरु गरिएको छ ।