अव टेलिकमको मोबाइल एपबाट लाइभ टिभी र एफएम सुन्न मिल्ने

काठमाडौं । नेपाल टेलिकमका मोबाइल एपबाट अब लाइभ टिभी, मुभी भिडियो तथा एफएम सुन्न सक्ने भएका छन् । नेपाल टेलिकमले एप्स ‘वाउटाइम’ सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा यो एप्स सञ्चालनमा आएको हो ।

एप्समार्फत लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ ।
यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड र पोष्टपेडका ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने छ ।