मन्थलीमा बस दुर्घटना, ३ को मृत्यु

मन्थली ।  रामेछापको मन्थली नगरपालीकाको वावियाखर्क भन्ने ठाउँमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप भंगेरीका दिपक श्रेष्ठ र अन्य २ जना महिला रहेका छन् ।

रामेछापको च्यास्कुबाट यात्रु लिएर काठमाडौं हिडेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस रामेछाप नगरपालीका वडा नम्बर ८ वावियाखर्क भन्ने ठाउँमा सडकबाट अन्दाजी करिब ३० मिटर तल खसेको हो । दुर्घटनाबाट घाईते भएका १७ जनाको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । घाईतेलाई उद्धार गरी प्रथमिक स्वास्थ्य केन्द्र मन्थली, रेडक्रस, तामाकोसी सहकारी अस्पताल र जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत तामाकोसी अस्पताल मन्थलीमा ल्याईएको थियो ।
तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।