को–को परे नेकपा एमाले भोजपुरबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार ?

भोजपुर । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले भोजपुरले विहिबार उम्मेदवार सिफारिस गरेको छ । २ दिन सम्म बसेको जिल्ला कार्य समितिको बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फ प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ बाट सांसद जयन्ती राई, पूर्वपर्यटन मन्त्री तथा क्षेत्र नं. १ का सांसद कृपासुर शेर्पा, र अनेरास्ववियुको पुर्व अध्यक्ष गणतान्त्रिक आन्दोलनका नायक तथा नेकपा एमाले केन्द्रीय सदस्य राजेन्द्र राईको नाम सिफारिस गरेको नेकपा एमाले भोजपुरका सचिव शरणकुमार राईले बताए । त्यस्तै समानुपातिकतर्फ धनहर्क राई, तिर्थकुमार राई र केदारमान राई, अमर सापकोटा, रामशोभा राई सबिना राई, र दानबहादुर राईको नाम सिफारिस भएको छ ।
प्रदेश सभा अन्तर्गत क्षेत्र नं २ को प्रत्यक्ष निर्वाचनमा पूर्व सूचना तथा सञ्चार मन्त्रीको शेरधन राईको नाम सर्वसम्मत सिफारिस भइसकेको छ ।
प्रदेश सभाको उम्मेदवारको लागि क्षेत्र नं. १ बाट युवासंघ नेपालका पूर्व उपध्याक्ष हरिकुमार राई, देवीराम चौलागाइँ, मक्करबहादुर खड्का, शरणकुमार राई, र विष्णुकुमार राईको नाम सिफारिस गरिएको सचिव राईले बताए ।

त्यस्तै समानुपातिक तर्फ जिवन राई, इश्वरकुमार कार्की, पासाङ्गदोर्ची शेर्पा, खड्गप्रसाद पौडेल, हरि न्यौपाने, हरि भित्रीकोटी, ज्ञानेन्द्र कार्की, कल्पना राई र यसोद गौतामको नाम क्षेत्र नं. १ बाट सिफारिस गरिएको छ भने क्षेत्र नं. २ बाट समानुपातिकतर्फ रविन शिवा, दुर्गा रणपहेली, लालबहादुर विक, बिमला थापा, सरिता तामाङ, सृजना राई, भरत तामाङ, विरजंग राई, टिका विष्ट र घमनसिंह राईको नाम सिफारिस गरिएको सचिव राईले बताए ।