महोत्तरी । गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका गायव भएको छ । नगरपालिका बनेपछि गरिएका निर्णणको फायल नै पछिल्लो एक महिनादेखि हराएको कार्यालयले जनाएका छन् ।
तत्कालीन वडा सचिव सुदीप दाहालको साथमा रहेको निर्णय पुस्तिका नगरपालिकामा नयाँ कार्यकारी अधिकृत रामजी जोशी आएपछि गायव भएको बताइएको छ ।
नगरपालिकाका पूर्व कार्यकारी अधिकृत शम्भु ठाकुरले रू ९० लाख बराबरको कारोबार अतियमित गरेको खबर बाहिरा आएपछि अनुसन्धान गर्ने क्रममा कार्यालयको निर्णय पुस्तिका, चेकबुक, भौचरलगायतका अति आवश्यक कागजात कार्यालयमा फेला नपरेको कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।
आफूले हरेक कर्मचारीसँग यस सम्बन्धमा स्पष्टीकरण लिइरहेकोे र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिने नगरप्रमुख शिवनाथ महतोले बताए । प्राप्त जानकारी अनुसार सो निर्णय पुस्तिकामा पूर्व कार्यकारी अधिकृतहरु राधेश्याम गिरी, रामकुमार महतो र शम्भु ठाकुरको पालामा भएका महत्वपूर्ण निर्णय छन् ।