टायम बम

अो टायम बम
तिमी पड्किने भए पड्किहाल्नु
नत्र निरन्तर मलाई त्रास देखाउदै 
मेरै ढुकढुकिमा बसेर
टाईमिङ नचलाउ
तिमी नपड्किने हो भने
म डिस्फोज गरिदिन्छ
जिन्दगि
र अन्त हुनेछ समय
अाे टायम बम
म अघि लाग्न खोज्दा नि रोक्ने
पछि बस्न खोज्दा नि धकेल्ने
सधै तिमी संगै उकालि अोरालि गर्नु पर्ने
साचि म निदाएको बेला
तिम्रो टाईमिङ किन रोकिदैन
तिमी पनि सपना देख्छौ
अनि जिवनको अर्थ खोज्छौ
अो टाईम बम
सवैलाई तर्साउने तर अाफु नतर्सिने