प्रथम जिल्लास्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा भाेनपा ११ र ९ विजयी (फाेटाे फिचर)

भोजपुर । प्रथम जिल्लास्तरिय मेयर कप फुटबल प्रतियोगिता २०७४ खेल आईतबारदेखि स्थानीय टुँडिखेलमा सुरु भएको छ । आज भएको पहिलो खेलमा भोजपुर नगरपालिका वडा नं १, हेलौँछा र भोजपुर नगरपालिका वडा नं ११, आम्तेक विच भएको खेलमा वडा नं ११, आम्तेकले वडा नं १, हेलौँछालाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो खेलमा भोजपुर नगरपालिका ११ का सुन्दर राईले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेल शुरु भएको ३१ औ मिनेटमा आम्तेककै विवश राईले अर्काे गोल गरेका थिए । आम्तेकलाई पछ्याउदै भोजपुर नगरपालिका–१ हेलौछाका सुमन भुजेलले १ दोस्रो हाफमा अर्काे गोल गरे थप हौशला थपेको थिए । पहिलो खेलको अन्त्यमा सुनिल तामाङले थप १ गोल गर्दे टिमलाई विजयी दिलाएका थिए ।
त्यसैगरी दोस्रो चरणमा भएको भोजपुर नगरपालिका–९ पानीट्यांकी र ७ कोदार वीच भएको खेलमा पानीट्यांकी विजयी भएको छ । पहिलो चरणमा भएको खेल शुरु भएको २ मिनेटम भोनपा ७ का पासाङ्ग तामाङले गोल गर्दै अग्रता दिएका थिए । त्यस्तै २४ औ मिनेटमा सनीत श्रेष्ठले १ गोल गरेका थिए । खेलको दोस्रो हाफमा भोनपा ७ का पासाङ्ग तामाङले अर्काे १ गोल थप्दै टिमलाई विजय नजिक पु¥याएका थिए । त्यस्तै भोनपा ९ बाट प्रज्वाल तामाङले खेलका अन्त्यमा अर्काे १ गोल थप्दै खेललाई बराबरी बनाएका थिए ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना र भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा जिल्लाभित्रका १६ वटा फुटबल टिमले सहभागिता जनाएका छन् ।
खेल बराबरी भएपछि ट्राइब्रेकरबाट खेलाइएको थियो । पेनाल्टीबाट भोनपा–९ पानीट्यांकी १ गोलले विजयी भएको थियो । त्यसै गरी पहिलो खेलमा आम्तेकका निमा तामाङ र दोस्रो खेलमा १४ वर्षिया युवराज ढकाल म्यान अफ द म्याच घोषित भएका थिए ।
भोली भोजपुर नगरपालिका–१० र ट्याम्के मैयुङ्ग गाउँपालिका त्यसैगरी ट्याम्के मैयुङ्ग गाउँपालिका र भोजपुर नगरपालिका–६ वीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख र उपविजेता हुने ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । आईतबारदेखि सुरु प्रतियोगिता कार्तिक २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।