भोजपुर । जिल्ला अस्पताल भोजपुरमा डाक्टर नहुदाँ विरामी मारमा परेका छन् । दशै विदामा घर गएका डाक्टर नफर्किएपछि समस्य भएको हो । डाक्टर शिवजी रिजाल र जिल्ला स्वास्थ्य प्रमुख त्रिभुवन चन्द्र झा हालसम्म हाजिर हुन नआएकाले अस्पतालमा दैनिक सयौंको संख्यामा आउने विरमी मारमा परेका हुन् । हाल अस्पतालको इन्डोर, राउण्ड, वहिराङग सेवा, भिडियो एक्सरे, इमर जेन्सी लगाएत सेवा एक जना डाक्टरले मात्र सेवा प्रवाह गरिरहेका छन् । अन्य डाक्टर विदामा गएपछि डाक्टर पुजन विकले एक्लै सेवा प्रवाह गर्दा समस्या भएको वताएका छन् ।
उनले भने ‘एक्लै छु, विरामीलाई त समस्या छनै, दिन रात खट्नु पर्दा मलाई पनि समस्या छ’। अस्पताल हो, आफुलाई जस्तो समस्या परे पनि सेवा त दिनै पर्यो । एक्लै भएको कारण २४ घण्टा आफु खट्नु परेको विकको भनाई छ । अस्पताल इन्डोरमा ५०÷६०, दैनिक वहिराङ्ग सेवामा ८०÷९० जना, इमरजेन्सीसम्म गर्दा विरामी चाप अध्याधिक वढेको जनाएको छ ।
झा र रिजाल असोज १७ गते हाजिर हुनुपर्ने हालसम्म नआएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुकुमार श्रेष्ठले जानकारी दिए । दशै विदामा घर गएका डाक्टर झाको भने २५ गते तालिम रहेको सुन्नमा आएको श्रेष्ठको भनाई छ । श्रेष्ठले भने ‘डाक्टरको चाही २५ गतेबाट तालिम छ भन्ने सुनेको तर डाक्टर रिजालको १७ गते नै आउनु पर्ने हो’।
पन्ध्र सैंयाको अस्पतालमा दुई जना डक्टरको दरवन्दी भए पनि दुवै विदामा रहेका हुन् । हाल प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारबाट काजमा आएका डक्टरले सेवा दिईरहेको श्रेष्ठले बताए ।