विदेशीकी स्वास्नी’ चलचित्र प्रर्दशनी असोज २७ मा प्रदर्शन हुने

भोजपुर । स्थानीय कलाकारहरुको अभिनय रहेको शन्देशमुलक चलचित्र ‘विदेशीकी स्वास्नी’ प्रदर्शन हुने भएको छ । भोजपुर चलचित्रकर्मी संघद्धारा निर्माण गरिएको दोस्रो चलचित्र विदेशीको स्वास्नी जिल्लास्थित असोज २७ देखि प्रदर्शन हुने भएको हो ।
कलाकार विनोद प्रधानद्धारा निर्देशित चलचित्रमा समाजमा हेर्ने दुष्टिकोण, सोचाई र त्यसको बास्तविकतालाई उतार्न विदेशीकी स्वास्नीमा खोजिएको निर्माण पक्षले जनाएको छ ।
सामाजिक घटनामा आधारित चलचित्र निमार्णबाट स्थानीय कलाकारहरुको उत्पादन तथा प्रवर्दन मुख्य लक्ष्य रहेको निर्देशक विनोद प्रधानले जानकारी दिए । चलचित्रको प्रर्दशनीपछि आगमी दिनमा स्थानीय बिषयबस्तुहरुलाई उठान गरी सस्कृतिलाई संरक्षण गर्ने खालको चलचित्र निमार्ण गरिने पनि निर्देशक जनाएको छ ।
चलचित्रमा शरण प्रधान, अस्मिता राई, विनोद प्रधान, कविता राई, विवेक राई, देवराज प्रधान, सुशिला तामाङ, विरोध बस्नेत, गणेश प्रधान, दिपक शाक्य, मिलन राई, शिव श्रेष्ठ, विनोद भण्डारी र सुरज खड्काकाु मुख्य अभिनय रहेको छ ।
विदेशीको स्वास्नी असोज २७ गते स्थानीय सामुदायिक भवनमा पहिलो सो प्रदर्शनपछि बाँकी जिल्लाभरी प्रर्दशनी गरिने निमार्ण पक्षले जनाएको छ । एसएनयु प्रोडक्सन हाउसको व्यानरमा निर्माण गरिएको हो ।

भिडियाे हेर्नुहाेस्

https://youtu.be/Z_JDDZROfxQ