बर्दिया । सेवाग्राहीबाट ३० हजार रुपैँया घुस लिँदै गर्दा वन रक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरको टालीले बुधबार इलाका वन कार्यालय राजापुरमा कार्यरत वन रक्षक सिताराम थारु ३० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीबाट काठ निकासी छुट पूर्जीको म्याद थप गरिदिने भन्दै घुस लिँदै गर्दा अख्तियारको टोली वनरक्षक थारुलाई कार्यालयबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरले जनाएको छ । वन रक्षक थारुले घुसस्वरुप रकम माग गरेको सूचना तथा उजुरीको आधारमा छापा मार्दा वन रक्षक घुस रकमसहित पक्राउ प्रहरी उपरिक्षक इश्वर कार्कीले जनाए । थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।