भोजपुर । प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा भोजपुरमा मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ । भोजपुरमा आइतबार एक कार्यक्रम आयोजना गरि जिल्ला अदालत भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
प्रतिनीधि सभा १ वटा र २ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको भोजपुरमा निर्वाचन अधिृकत जिल्ला अदालत भोजपुरका न्यायधिश हरिश्चन्द्र इङ्नामलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।
मंसिर १० मा हुन लागेको निर्वाचनमा मतदातालाई ढुक्का भएर मतदान गर्नको लागि सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत इङ्नामले बताएकाे छ । निर्वाचनको अगडि र पछाडीको तयारीमा हामी जुटेका छौ, इङनामले भने । मतदान सकिएपछि सबै मतपेटिक मुख्य निर्वाचन कार्यालय ल्याएर मतपत्र गन्न शुरु गरिने बताएकाे छ ।
मूख्य निर्वाचन अधिकृतलाई जिल्लाको निर्वाचनसम्बन्धी सम्पूर्ण कामको समन्वय, सुपरिवेक्षण र आवश्यक निर्देशन दिने कार्यादेश समेत दिएर कार्यालय सञ्चालनमा ल्याएको हो । निर्वाचनका लागी जिल्ला निर्वाचन कार्यालयले १ सय ४८ मतदान केन्द्र तोकेको छ ।