भोजपुर बहुमुखी क्याम्पसमा हेल्प डेक्स सञ्चालन !

भोजपुर । भोजपुर बहुमुखी क्याम्पस, भोजपुरको कार्यालय परिसरमा हेल्प डेक्सको शुरुवात गरिएको छ । आज निमित्त क्याम्पस प्रमुख उत्तमसिंह राईले हेल्प डेक्सको उद्घाटन गर्नुभयो ।
चालु शैक्षिक सत्रको लागि स्नातक तह प्रथम वर्षमा भर्ना प्रक्रिया शुरु भए संगै हेल्प डेक्सको शुरुवात गरिएको निमित्त प्रमुख राईले बताउनु भयो ।
हेल्प डेक्समार्फत नव आगन्तुक विद्यार्थीहरुलाई क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रुपमा सहजीकरण गर्ने व्यवस्था गरिनेछ । हेल्प डेक्समार्फत विद्यार्थीहरुलाई भर्ना प्रक्रियामा सहजीकरण गरिने, परीक्षा फारम भर्ने प्रक्रियामा सहयोग गरिने र क्याम्पसको सबै संकायको शैक्षिक कार्यक्रम बारेमा जानकारी प्रदान गरिने क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी दिनुभयो । गत वर्ष पनि स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम अवधिभर हेल्प डेक्स स्थापना गरी सहजीकरण गरिएको थियो । सुशासन ऐन २०६४ मा प्रत्येक सार्बजनिक निकायमा सेवाग्राहीको सहयोगको लागि हेल्प डेक्स राख्नुपर्ने कानुनी प्रावधान रहेको छ ।