भोजपुर। प्रदेश सभा सदस्यका उमेदवार फिर्ता नगरे भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ घर कब्जा गरेको छ । भोजपुरबाट प्रदेश सभा सदस्यका उमेदवार बनेका गोविन्द वहादुर कार्कीको घर कव्जा गरेको विज्ञाप्ती मार्फत जनाएको छ ।
विज्ञप्ति जारी गर्दै उमेदववार फिर्ता गर्न पटक पटक अनुरोध गर्दा समेत बेवास्था गरेकोले कार्कीकोे घर कब्जा गरेको घर कब्जा गरेको जनाएको छ । भोजपुरबाट प्रदेश सभा सदस्यका उमेदवार कार्कीको घर भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको छ ।
कार्कीले प्रदेश सभा निर्वाचनमा काङ्ग्रेसको तर्फबाट भोजपुर (ख) बाट प्रत्यक्षमा उमेदवारी दिएका छन् । यस विषयमा जानकारी लिदाँ उमेदवार कार्कीले भने आफुलाई जानकारी नआएको वताएका छन् ।
द्वन्द्वको समयमा कार्कीको घर जग्गा तत्कालीन नेकपा माओवादीले कब्जा गरेपछि उनी काठमाडौँमा विस्थापित भएका थिए । जिल्लामा रहेका अन्य उमेदवारको घर समेत कब्जा गर्ने योजना रहेको माओवादीका जिल्ला सेक्रेटरी मादेन किरातीले बताए । यता जिल्ला प्रहरी कार्यालयले भने घर कव्जा नभएको जनाएको छ ।