भोजपुरमा छिमेकीको गोरु मार्ने ३ युवक पक्राउ

भोजपुर । जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका ८, गोगनेमा छिमेकीको गोरु मारेको अभियोगमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय भिम विष्ट, २१ बर्षिय विकास तामाङ र १९ बर्षिय खगेन्द्र विष्ट रहेका छन् ।
उनीहरुले गत असोज २३ गते राती स्थानीय छत्र हादुर विष्टको गोठमा रहेको एकहल गोरुलाई बञ्चरो लगायत धारिलो हतियार प्रयोग गरि मारेपछि विष्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । विष्टको उजुरीपछि शनिबार ती आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो ।
गौहत्याको आरोपमा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भईरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दि