संखुवासभा । ‘पाख्रिबासे कान्छो’ अर्थात् तारा बहादुर बुढाथोकीको ‘भाँडाकुटी’ लोक काव्य बजारमा आएको छ । संखुवासभाका साहित्याकासका उत्कृष्ठ व्यक्तित्व तारा बहादुर बुढाथोकीले छैंटौं कृति बजारमा आएको हो ।
भाँडाकुटीका कथानक कुनै मिथक र पुरानबाट तानेको होइन, समयको तातो गर्भबाट समाजको थोत्रे डोको बोक्न आएका दुखी मान्छेहरुको पीडाबाट पैचो लिएको छु काव्यका लेखक बुढाथोकीले बताए । मकालु साहित्य समाजका अध्यक्ष समेत रहेका लेखक बुढाथोकीले नायकले नायिकालाई पातको सोलिभरि टिपेर दिएको काफल र ऐँसेलुजस्तै कोशेली स्वरुप यो कृति ल्याएको बताएका छन् । कविले नेपाली भाषामात्र बाँचेर नेपाल हाँस्दैन भन्नेलागेर नेपालेली भाषाहरुका शब्दहरु पनि झ्याउरेका हरफमा शब्दहरु नचाएको छन् ।
भाँडाकुटीको खेलका रूपमा गुज्रदो नेपाली जनजीवन र राजनैतिक क्षेत्रले खेलाँची गरिरहेका राष्ट्रका समस्याहरुलाई सतहमा ल्याई चेतनाको बिउ छर्ने काम यस काव्यले गरेको प्राध्यापक डाक्टर जीवेन्द्रदेव गीरिले बताएका छन् । नेपाल प्राज्ञ प्रतिष्ठानको सदस्य सचिव समेत रहेका गीरिले नेपाली लोक जीवनमा लोकप्रिय झ्याउरे लोकछन्दलाई पछ्याउँदै काव्यात्मक अभिव्यक्ति दिन पुगेकोमा सराहना समेत व्यक्त गरेका छन् ।
‘भाँडाकुटी’का नायक गोवर्धन र नायिका जुनकिरी नेपालको पूर्वी पहाडको पर्यटकीय ठाउँहरुसाग सम्बन्धीत छन् । नायकका आमाबा घरका समस्या टार्ने भनेर उनलाई आफ्ना मित्रका जिम्मा लगाई कमाइका लागि भारतको आसामतिर हिँडेका छन् । तिनै मित्रकी छोरीको प्रेमपूर्ण व्यवहारमा नायकले बाल्यकाल छन् । उनीहरुको मायाप्रेम देख्ता बिहेबरी भई असल जोडी बन्नेछन् भन्ने विश्वास पाठकलाई लाग्दछ तर नायकका बाआमाको बसाइँ सराइँका कारण उनीहरुको सम्बन्ध टुट्छ ।
नायकको पढे पनि नेपालमा नोकरी खाने उनको इच्छा पुरा हुँदैन र देश विदेश चाहार्दै हिँड्छ विदेबाट उनी अपाङ्ग बनी घर फर्किन विवश हुन्छन् । नायिकासँगको बिछोडपछि मिलन हुँदैन । कविले लोक काब्यमा नेपाली जनताले भोग्नु परेका राजनैतिक अस्थितरता भूकम्प र नाकाबन्दी अनि अनपेक्षित आन्दोलन, बन्द आदिका मारमा जन जीवनले पाएको सास्तीको बारेमा कवितामा स्पष्ट पारेका छन् ।
कवि तारा बहादुर बुढाथोकीले भने “एक प्रति लानुहोस, तीन पटक , तीनपल्ट पढ्नुहोस, देश र जनताको कथा ब्यथा छैन भने फिर्ता गर्नुहोस्” । संखुवासभा चिचिला गाउँपालिकामा २०२६ साल बैशाख १ गते जन्मिएका बुढाथोकीको परमेश्वरको एधारौ अवतार (हास्य ब्यङ्गय सङ्ग्रह, २०६४), सङ्खुवासभा एक चिनारी (जिल्ला परिचय, दोस्रो संस्कारण २०६८, जीवनको सीमारेखा उपन्यास, २०६८, जिन्दगीका कुइनेटा, २०७१ र अरूण उपत्यकाको लोकभाका (लोक साहित्य खोज), २०७१ लगाउतका कृतिहरु प्रकाशन भई सकेका छन् । भाँडाकुटीलाई मकालु साहित्य समाजले बजारमा ल्याएको हो ।