भोजपुरमा वाम गठबन्धनको आमसभा शुरु (फाेटाे फिचर)

भोजपुर । बाम गठबन्धनले भोजपुरमा चुनावि अभियान अन्तरगत संयुक्त आमशभा शुरु गरेका छन् । रामप्रसाद राई गाउँपालिकाको केन्द्र वैकुन्ठेबाट आमसभा शुरु भएको हो ।

आमसभामा नेकपा एमाले र माओवादिका नेता तथा उमेदवारहरुले बोलेका थिए । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादि केन्द्रका पोलिटव्युरो सदस्य सुदन किरातीले ७० प्रतिशत वाम पन्थि रहेको देशमा ३० प्रतिशतले सासन गरिरहेको भन्दै वाम तालमेल भएको बताए । उनले भने हामिलाई हराउन केहि पर्यटकहरु आएका छन भन्ने सुनिएको छ पर्यटनलाई टेवा दिएको धन्यवाद । उनले चुनाव हारेपछि भोजपुर बस्न चुनौति दिए ।

क्षेत्र नंम्बर २ प्रदेस शभाका उमेदवार नेकपा एमालेका पोदिटव्युरो सदस्य शेरधन राईले देशमा स्थिर सरकार निर्माणको लागि वाम गठबन्धन बनेको बताए । विदेसिको खेलमैदान हुन नदिन वाम गठबन्धन भएको बताए । म्यादि सरकारको अन्त्य गर्दै संविधानको कार्यन्वयन गर्ने राईले बताए । उनले भने काग्रेस गठबन्धनको उमेदवारको विषयमा वुझन तीन चार महिना लाग्ने बताउदै चिन्दै नचिनेको मान्छेलाई भोट दिए खेर जाने बताए ।
यसैवीच नेपालि काग्रेसका पुर्व जिल्ला कार्य समिति सदस्य गोपाल चौहान एमालेमा प्रवेश गरेका छन् । उनले २९ वर्ष काग्रेसमा पसिना बगाएपनि सहि पार्टि एमाले भएको थाहा पाएकोले वाम गठबन्धनलाई सघाउन एमालेमा प्रवेश गरेको बताए । कार्यक्रममा संघिय समाजवादिका जिल्ला सदस्य हस्तबहादुर थापा लगाएत डेड दर्जन अन्यपार्टिका नेता कार्यकर्ता पार्टि प्रवेश गरेको नेकपा एमालेका प्रचार विभाग सचिव मकर खड्काले बताए ।