भोजपुर । महिलाहरुको हालसम्मका आन्दोलनबाट प्राप्त अधिकार संस्थागत र बाँकी अधिकार प्राप्तिका लागि आफ्नो उमेदवारी रहेको नेकपा एमालेका समानुपातिक उम्मेदवार श्रीजना राईले दावी गरेकी छिन् । आइतावार मिडिया सेन्टर भोजपुरले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राईले यस्तो बताएकी हुन् ।
नेकपा एमालेबाट प्रदेश तर्फका समानुपातिक उम्मेदवार राईले पत्रकारहरुसँगको साक्षत्कारमा बोल्दै महिलाहरु पुर्णरुपमा अधिकार सम्पन्न भइनसकेको धारणा राखेकी हुन् । आफु समानुपातिक कोटाबाट निर्वाचित भएमा जोडदार महिलाको मुद्धा उठाएर कार्यन्वयनमा लाग्ने बताएकी हुन् ।
भोजपुर जिल्ला कम्युनिष्टहरुको लालकिल्ला रहेकाले अरुले निर्वाचन जित्ने तर्फ कुनै अपेक्षा नराख्दा हुने समेत राईको दावी रहेको छ । जिल्लाको विकासमा कम्युनिष्टहरुले गरेको पहल बाहेक अरु कसैको देन नरहेको समेत राईले साक्षत्कार कार्यक्रममा बताएकी हुन् । विगत लामो समय व्यवस्था परिवर्तनका लागि कम्युनिष्टहरुको योगदान रहेकाले आगामी दिन पुर्वाधार विकासमा लाग्ने राईको धारणा रहेको छ ।
किरात राई यायोखा भोजपुरका कार्यवहाक अध्यक्ष समेत रहेकी राईले आदीवासी जनजातिहरुको अधिकार संस्थागतमा समेत आफ्नो पहल कदमी रहने धारणा राखेकीछिन् ।
लामो समय जिल्लामा रहेर सामाजिक क्षेत्रमा आफ्नो लगनी रहेकाले आफ्नो दक्षता र सीपको प्रयोग गरी निरन्तर भोजपुरे जनताको सेवामा समर्पित हुने प्रतिवद्धता समेत राईले गरेकी हुन् । कार्यक्रम मिडिया सेन्टर भोजपुरका अक्ष्यक्ष किरण राईले सहजिकरणमा सम्पन्न भएको हो । सुचना, सञ्चारलाई व्यवस्थित तवरले अगाडी बढाएर विकास निर्माणमा टेवा पु¥याउने उध्येश्यले मिडिया सेन्टरको स्थापना गरिएको अध्यक्ष राईले बताएका छन् ।